मुख्य समाचार
फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव
फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव

: फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो ।

म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएका छन्। उनले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनुअघि नै प्रतिबन्ध लागू हुने अपेक्षा व्यक्त गरे।

फ्रान्सको संवैधानिक परिषद्ले गत अगस्टमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो । त्यसपछि सरकारले कानूनी तथा प्राविधिक सुधारसहित नयाँ मस्यौदा अघि बढाएको हो ।

म्याक्रोनले युरोपेली सङ्घ (इयु) का अन्य सदस्य राष्ट्रमा पनि बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउने समान व्यवस्था लागू गर्न आग्रह गर्दै आएका छन्। नयाँ प्रस्ताव युरोपेली सङ्घ (इयु) को कानूनअनुकूल भए-नभएको सुनिश्चित गर्न आयोगलाई जानकारी गराइएको हो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यसै साता ब्रसेल्समा हुने सम्बोधनमा बालबालिकाका लागि युरोपेली सङ्घ (इयू) भर सामाजिक सञ्जालमा सम्भावित प्रतिबन्धबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । बालबालिकामा सामाजिक सञ्जालको नकारात्मक प्रभावबारे चिन्ता बढिरहेका बेला विभिन्न देशले यसको पहुँच सीमित गर्ने कदम चालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ। हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ। दूनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उनले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यसअघि शनिबार पनि उहाँले आयरल्यान्डको ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा ‘विस्तारित ब्रिक्स’ सहकार्यका लागि ५ वटा महत्त्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले ‘विस्तारित ब्रिक्स’ले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक ...
। युक्रेनको पोल्यान्ड सीमाना नजिक रुसी ड्रोनले एउटा रेलमा आक्रमण गरेको छ। आक्रमण हुनुभन्दा केही समयअघि मात्रै वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल सोही क्षेत्रबाट अघि बढेको युक्रेनको सरकारी रेल सेवा कम्पनीले जनाएको छ। युक्रेनको सरकारी रेल सेवा कम्पनीका अनुसार आइतबार पोल्यान्डसँगको सीमाना नजिक रहेको याहोदिन रेल स्टेसनमा रोकिएको रेलको इन्जिनलाई रुसी ड्रोनले प्रहार गरेको थियो। ...
। डोनाल्ड ट्रम्पले एआईको गति सुस्त बनाउने मागलाई अस्वीकार गरेका छन्। टेक प्रमुखहरू र डेमोक्रयाटहरूले एआईको नियमन कडा बनाउन आग्रह गरेका थिए। प्रविधिले अस्तित्वकै खतरा निम्त्याउने डर बढेपछि उनीहरूले यस्तो माग गरेका थिए। अमेरिकाका केही प्रमुख एआई समूहका प्रमुखहरूले यो सप्ताहन्तमा विकासको गति सुस्त बनाउन आह्वान गरेका छन्। एन्थ्रोपिकका डारियो अमोडेई, ओपनएआईका सैम अल्टम्यान र स्पेसएक्सका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम