मुख्य समाचार
उपत्यकामा एलपी ग्यासको अभाव चर्किरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र
उपत्यकामा एलपी ग्यासको अभाव चर्किरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र

: उपत्यकामा एलपी ग्यासको अभाव चर्किरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। विभागले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न उद्योग तथा फर्ममा गरेको अनुगमनका क्रममा चार व्यवसायीलाई जरिबाना र २५ फर्ममाथि निर्देशन तथा कारबाही गरेको छ।

विभागले भदौ २९ गते गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार कारबाही गरिएको हो। विभागका महानिर्देशक मोतीराम सापकोटाले ग्यासको अभावसँगै दैनिक उपभोग्य वस्तुको पनि तीव्र रूपमा नियमित बजार अनुगमन गरिएको बताए। अनुगमनका क्रममा सत्यश्वर इन्टरप्राइजेज, सोल्टीमोडलाई १० हजार रुपैयाँँ तथा बज्र किराना स्टोर्स, असन, जे एन्ड जे स्टोर, कमलविनायक र ओम शाही स्टोर, बालकोटलाई जनही पाँच हजार रुपैयाँँ जरिबाना गरिएको छ। चार व्यवसायीबाट कुल २५ हजार रुपैयाँँ जरिबाना असुल गरिएको विभागको विवरणमा उल्लेख छ।

ग्यास अभावकै विषयमा भने विभागले यसअघि भदौ २५ गते काठमाडौं उपत्यकाका १३ ग्यास बिक्री केन्द्रमा आकस्मिक अनुगमन गरेको थियो। उपभोक्ताबाट प्राप्त गुनासो तथा उजुरीका आधारमा गरिएको उक्त अनुगमनमा ग्यासको आपूर्ति र वितरणमा असमानता देखिएको थियो।

बागबजारस्थित लामिछाने ग्यास सेन्टरमा ७० सिलिन्डर आएकोमा ६५ बिक्री भइसकेका र पाँचवटा मात्र बाँकी रहेको भेटिएको थियो। सोही क्षेत्रको सुदन स्टोरमा आएका ५० वटै सिलिन्डर बिक्री भइसकेका थिए। तर बागबजारकै रचना ग्यास सेन्टरमा ग्यास मौज्दात थिएन। शीतलमार्ग, बालुवाटारस्थित जय पारिधि स्टोर बन्द अवस्थामा भेटिएको थियो।
नेपाल ग्यासको बिक्री डिपोमा आएको ७० सिलिन्डर सबै वितरण भइसकेका थिए। बूढानीलकण्ठको केएस ग्यास सेन्टरमा ४४, मनमैंजुको भण्डारी किराना स्टोरमा २ सय ५५, बानियाँटारको सफल मार्टमा २ सय र पाण्डे स्टोरमा १ सय २ सिलिन्डर आएकोमा सबै बिक्री भइसकेको विभागको विवरणमा उल्लेख छ।

बालाजुस्थित इन्द्रावती ग्यास पसलमा भने तीन, चार दिनदेखि ग्यास नआएको अनुगमनमा खुलेको थियो। मनमैजुको एस एन्ड एस खाद्य स्टोरमा सीता र सगर ग्यास गरी ५० सिलिन्डर आएको र कम्पनीअनुसार वितरण भइरहेको पाइएको थियो। बागबजारस्थित पोखरेली ग्यास सप्लायर्समा ३ सय ५० सिलिन्डर रहेको भनिए पनि स्थानीयलाई प्रहरी राखेर वितरण गरिएको भन्दै पसल बन्द रहेको विभागको विवरणमा उल्लेख छ। मनमैजुको आयुष किराना स्टोरमा ४४ सिलिन्डर आएकोमा ४२ बिक्री भइसकेका र दुईवटा बाँकी थिए।

यसरी विभागकै अनुगमन विवरणले उपत्यकामा ग्यासको आपूर्ति पूर्ण रूपमा रोकिएको नभए पनि कुनै बिक्री केन्द्रमा पर्याप्त सिलिन्डर नपुग्ने, पुगेका ठाउँमा तत्काल सकिने र कतिपय केन्द्रमा वितरण नै अवरुद्ध हुने अवस्था रहेको देखाएको छ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले ग्यास अभावको फाइदा उठाउँदै कालोबजारी र तस्करी हुन नदिन सरकारले कडा कदम चाल्नुपर्ने बताए। बजार सरकारको नियन्त्रणभन्दा बाहिर जान थालेको भन्दै उनले प्रभावकारी अनुगमन र दोषीमाथि कडा कारबाही नभए सरकारकै विश्वसनीयतामाथि प्रश्न उठ्ने बताए।

अहिले विपक्षी पार्टीले सरकारलाई अप्ठ्यारो पार्न तस्कर र बिचौलिया परिचालित गरेको बताए। उनका अनुसार ग्यासजस्तो अत्यावश्यक वस्तुको अभावमा उपभोक्ता घण्टौं लाइनमा बस्नुपर्ने अवस्था आउनु आपूर्ति व्यवस्थापनको कमजोरी हो। सरकारले तत्काल आपूर्ति र वितरण प्रणाली व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।

ग्यास अभावको समस्या समाधान गर्न अनुगमनसँगै आपूर्ति कहाँ रोकिएको हो, बिक्री केन्द्रसम्म ग्यास किन नियमित पुगिरहेको छैन र आएको ग्यास कसरी वितरण भइरहेको छ भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘ग्लोब युथ पार्लियमेन्ट’का संस्थापक एवं युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् । उनेपामा प्रवेश गरेका अर्याललाई उनेपामा प्रवेश गरेसँगै उनलाई महासचिवको जिम्मेवारी दिइएको सचिव नरबहादुर कार्कीले जानकारी दिए । अर्यालको नियुक्तिसँगै उनेपामा अब दुई महासचिव रहने भएका छन् । उनेपाका अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई यसअघि नै महासचिव बनाएका थिए ...
: वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन्। विशेष आदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दामा सिंहसहित ७ जनालाई सफाई दिएको हो अदालतको उक्त आदेशसंगै सिंहको निलम्बनमा परेको मेयर पद संवत् फुकुवा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते ...
: भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो। विनाशकारी बाढीका कारण नेपालको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्‍याइरहेका बेला भारतले विद्युत निर्यात गर्ने निर्णय गरेको हो। स्वीकृतिअनुसार मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ...
। मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् । सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको ...
: मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा सोमबार साँझ सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दार सुदीप खड्काको मृत्यु भएको छ। कोशी लोकमार्गमा भएको दुर्घटनामा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकलमा सवार खड्का पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा बसको ठक्करमा परेका थिए। दुर्घटना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम