: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन संशोधन गरेर तत्काल बाढीपीडितहरुलाई राहत दिन सरकारसंग आग्रह गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत बाढी आएको तीन साता हुँदा पनि आधिकारिक तथ्यांक सार्वजनिक नहुँदा र राज्यका निकायका फरक–फरक तथ्यांकले पीडितहरू थप अन्योलमा परेको थापाले उल्लेख गरेका छन्।
कानुनी अन्योलले गर्दा वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिनै नसकिने अवस्था आउने, पैतृक सम्पत्ति तथा बैंक खाता नामसारी गर्न बाटो बन्द हुने, बीमा दाबी, राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा मृत्युको न्यायिक घोषणाका लागि अदालत धाउनुपर्ने लामो कानुनी अवस्था उत्पन्न हुन सक्ने भन्दै थापाले तत्काल कानुन संशोधन गरी समस्याको समाधान गर्न सुझाव दिएका छन्।
यस्तै थापाले मृत प्रमाणित व्यक्ति कुनै दिन जीवितै फर्किएमा कानुनी स्थिति, सम्पत्तिको हक र पहिचानको समेत रक्षा हुने प्रावधान पनि संशोधित व्यवस्थामा स्पष्ट हुनुपर्ने बताएका छन्।