: आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको बताउँदै परिचय दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। उनले आफू विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थाहरुमा प्रवेश गरी दबाब दिने तथा धाक–धम्की दिने गरेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी कुनै पदमा नरहेको पाइएको छ। उनीविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ।
उनी आफ्नो झुटो परिचय दिएर कसैलाई ठगेको भएमा प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।