मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणका लागि जाने भएका छन्
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणका लागि जाने भएका छन्

। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणका लागि जाने भएका छन् । उनी दुई दिने भ्रमणका लागि आगामी भारततर्फ जाने कार्यक्रम तय भएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, अर्थमन्त्री वाग्ले यही सेप्टेम्बर १७ र १८ (असोज २ र ३) तारिक दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री डा. एस जयशंकर र भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग भेटवार्ता गर्नेछन् ।

सा्रेतले दिएको जानकारी अनुसार, अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता गर्ने कार्यक्रम तय भएको छैन ।

भारतमा उनी कन्फिडेरेशन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) को एक कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनले हस्पिटालिटी र वेलनेस सेक्टरमा भारतीय लगानी भित्र्याउनेबारे छलफल गर्ने स्रोतले बताएको छ ।

त्यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्समा पनि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भारतीय लगानी नेपालमा ल्याउने प्रयासस्वरुप अर्थमन्त्री वाग्लेले यो भ्रमण गर्न लागेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको २० दिन पुगेको छ । यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिइरहेका छन् । १० भदौ बिहान साढे ८ बजेतिर आएको भीषण बाढीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर ...
: नुवाकोटको ककनीमा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। पहिरोमा परी गम्भीर घाइते भएका ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको मृत्यु भएको हो। आफ्नै खेतमा पानी लगाएर फर्कने क्रममा बाटोमा माथिवाट पहिरो खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
। विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी गरेको छ । रास्वपाले गाउँपालिकामा जनप्रतिनिधि हुन इच्छुकका लागि १ भदौबाट आवेदन सुरु गरेको थियो । आवेदन सुरु गरेको ठिक १० दिनपछि (१० भदौ) भोटेकोशी बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए । बाढी आएकै दिन रास्वपाको सचिवालय बैठक बसेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम