मुख्य समाचार
वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई
वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई

: वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन्।

विशेष आदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दामा सिंहसहित ७ जनालाई सफाई दिएको हो अदालतको उक्त आदेशसंगै सिंहको निलम्बनमा परेको मेयर पद संवत् फुकुवा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते विशेष अदालतमा सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थिएन। उक्त मुद्दा दायर भएसंगै सिंह मेयर पदबाट निलम्बनमा परेका थिए ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था अनुसार गत जेठ २५ गतेदेखि उनि निलम्बनमा परेका थिए।

सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएको आरोप अख्तियारको थियो । तर सिंहले भने भट्टराई आफ्नो दोस्रो श्रीमती भएको भन्दै दाबी गर्दै आएका छन्।

विशेष अदालतमा अख्तियारले सिंहसंगै वीरगन्ज(३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल,गृहमन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको २० दिन पुगेको छ । यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिइरहेका छन् । १० भदौ बिहान साढे ८ बजेतिर आएको भीषण बाढीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर ...
: नुवाकोटको ककनीमा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। पहिरोमा परी गम्भीर घाइते भएका ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको मृत्यु भएको हो। आफ्नै खेतमा पानी लगाएर फर्कने क्रममा बाटोमा माथिवाट पहिरो खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
। विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी गरेको छ । रास्वपाले गाउँपालिकामा जनप्रतिनिधि हुन इच्छुकका लागि १ भदौबाट आवेदन सुरु गरेको थियो । आवेदन सुरु गरेको ठिक १० दिनपछि (१० भदौ) भोटेकोशी बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए । बाढी आएकै दिन रास्वपाको सचिवालय बैठक बसेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम