मुख्य समाचार
त्रिशूलीको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता
त्रिशूलीको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता

: भदौ १० र १४ गतेका त्रिशूलीको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता गरेका छन्।

सहिदलखन गाउँपालिका–४ ठेउवाटारका युवाहरुले त्रिशूली किनारबाट संकलन गरेका सिलिण्डरहरु वडाअध्यक्ष र प्रहरी चौकी रागिनासको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरिएका सिलिण्डरहरु ठेउवाटारको एक घरमा सुरक्षित राखिएको वडाअध्यक्ष यमबहादुर थापाले जानकारी दिए।

संकलित ३० वटा सिलिण्डरमध्ये १० थान भरिएका र बाँकी सिलिण्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिए। साथै त्रिशूली किनारका युवाहरुले ३ थान अक्सिजन ग्यास सिलिण्डर पनि संकलन गरी फिर्ता गरेका छन्। बाढीले बगाएर ल्याएका ग्यास सिलिण्डर नदी किनारका स्थानीयबासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिण्डर नुवाकोटस्थित होल्डिङ सेण्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाअध्यक्ष थापाको भनाइ छ।

तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोरखा, तनहँु र चितवन लगायतका विभिन्न जिल्लाहरुमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। ‘गोरखामा मात्र होइन, अन्य जिल्लाहरुमा पनि यस्ता प्रकृतिका सिलिण्डर संकलन भएका छन्’, गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘सबैलाई फिर्ता गर्ने कुनै नीति निर्देशन आउला। त्यहीबमोजिम हुने छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको २० दिन पुगेको छ । यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिइरहेका छन् । १० भदौ बिहान साढे ८ बजेतिर आएको भीषण बाढीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर ...
: नुवाकोटको ककनीमा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। पहिरोमा परी गम्भीर घाइते भएका ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको मृत्यु भएको हो। आफ्नै खेतमा पानी लगाएर फर्कने क्रममा बाटोमा माथिवाट पहिरो खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
। विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी गरेको छ । रास्वपाले गाउँपालिकामा जनप्रतिनिधि हुन इच्छुकका लागि १ भदौबाट आवेदन सुरु गरेको थियो । आवेदन सुरु गरेको ठिक १० दिनपछि (१० भदौ) भोटेकोशी बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए । बाढी आएकै दिन रास्वपाको सचिवालय बैठक बसेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम