मुख्य समाचार
विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी
विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी

। विनाशकारी बाढीको असरका बीच पनि पार्टीको ‘क्यान्डिडेट क्लब’ मा उत्साहप्रद आवेदन परेको रास्वपाले दाबी गरेको छ ।

रास्वपाले गाउँपालिकामा जनप्रतिनिधि हुन इच्छुकका लागि १ भदौबाट आवेदन सुरु गरेको थियो । आवेदन सुरु गरेको ठिक १० दिनपछि (१० भदौ) भोटेकोशी बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए । बाढी आएकै दिन रास्वपाको सचिवालय बैठक बसेर सबै साङ्गठनिक गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णयमा भनिएको थियो, ‘यस संवेदनशील घडीमा हाम्रो सम्पूर्ण ध्यान र ऊर्जा विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा मात्र केन्द्रित गर्नुपर्ने भएकाले, विपद् प्रभावित नागरिकहरूलाई पूर्ण रूपमा साथ दिन पार्टीका पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।’
पार्टीका अरू सांगठनिक कार्यहरू रोकिए पनि उम्मेदवार क्लबका कार्यले निरन्तरता पाएको महामन्त्री विपिन आचार्यले जानकारी दिए । आचार्यले पार्टीले सोचेभन्दा बढी आवेदनहरू प्राप्त भइरहेको दाबी गरे ।

‘गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुनका लागि हामीलाई प्राप्त आवेदनको संख्या देखेर हौसला पाइरहेका छौं,’ महामन्त्री आचार्यले अनलाइनखबरसँग भने । आवेदन संकलन कार्य जारी रहेकाले संख्या भनिहाल्ने अवस्था नरहेको रास्वपाले जानकारी गराएको छ ।
पहिलो चरणमा गाउँपालिकाको उम्मेदवार हुन इच्छुकका लागि आवेदन खुला गरिएको थियो । यसपछि नगरपालिका, उपमहानगर र महानगरमा उम्मेदवार हुने आकांक्षीका लागि आवेदन खुला गर्ने जानकारी गराइएको छ ।

गाउँपालिकाको हकमा खुला गरिएको क्यान्डिडेट क्लबको आवदेन कुन मितिसम्म खुला राखिने भन्नेबारे रास्वपाले निर्णय लिएको छैन । गाउँपालिकाको आवेदन समय यथावत राखेर वा स्थगित गरेर नगरपालिका, उपमहानगर र महानगरमा आवेदन खुलाउन सकिने महामन्त्री आचार्यले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवार छनोट गर्ने उद्देश्यले रास्वपाले क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो । भदौ १० गते आएको बाढीले सांगठनिक कार्यहरू स्थगित गर्नु परेको हुँदा क्यान्डिेडेट क्लबमा पनि असर परेको कोशीका सभापति चन्द्र राई बताउँछन् ।

विगतमा नेपालका पार्टीहरूले अवलम्बन नगरेको नयाँ विधि भएकोले बुझाउनुपर्ने आवश्यकता रहेको प्रदेश सभापति राईले बताए । ‘नयाँ अभ्यास हो । प्राविधिक रूपमा पनि बुझाउनु पर्नेछ,’ राईले अनलाइनखबरसँग भने, ‘केहीले आवेदन भरेका छन् । कोही भने पर्ख र हेरको अवस्थामा छन् ।’
क्यान्डिडेट क्लबका बारेमा तल्लो तहमा अभिमुखीकरण गर्ने योजना रास्वपाले बनाएको थियो । बाढीका कारण अभिमुखीकरणका कार्यक्रम रोकिएका छन् । क्यान्डिडेट क्लबको महत्व, छनोट विधि लगायतमा कार्यकर्तालाई प्रशिक्षित गर्न बाढीले असर पुर्‍याएको छ ।

सांगठनिक कार्यहरू ठप्प हुँदा अभिमुखीकरण, प्रशिक्षण लगायतका कार्य हुन नसकेको नेताहरूले जानकारी गराएका छन् । उम्मेदवार हुनका लागि गण्डकीका गाउँपालिकाहरूमा उत्साहप्रद आवेदनहरू आइरहेको गण्डकीका सभापति नवीन त्रिपाठीले बताए ।

क्यान्डिडेट क्लबका बारेमा पालिकाहरूमा पुगेर जानकारी गराउने कार्य बाढीले रोक्नु परेको प्रदेश सभापति त्रिपाठीले बताए । ‘पालिकाहरूमा पुगेर यसका बारेमा जानकारी गराउने कार्ययोजना बनाएका थियौं । बाढीका कारण स्थगित गर्नुपर्ने भयो,’ त्रिपाठीले अनलाइनखबरसँग भने ।

विस्तारित बैठक नसकिएका तनहुँ, पर्वत, वागलुङ लगायतका जिल्लामा कार्यक्रम राखेर क्यान्डिडेट क्लबबारे पार्टी सदस्य र शुभेच्छुकहरूलाई जानकारी गराउने त्रिपाठीले जानकारी गराए ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङ बढी प्रभावित भए । यी जिल्लाहरूको हकमा फरक के विधि अपनाउने भन्ने विषयमा पार्टीले निर्णय लिइसकेको छैन । महामन्त्री आचार्यका अनुसार ती जिल्लामा राहत र पुनर्निर्माणमा पार्टीको मूल ध्यान रहेको हुँदा उम्मेदवार आवेदनका बारेमा हाल कुनै सोच नबनाएको आचार्यले बताए ।

बागमतीका सभापति उत्सव अर्याल ती जिल्लाका बारेमा छुट्टै तरिकाले सोच्नुपर्ने बताउँछन् । रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाको उम्मेदवार आवेदनमा पार्टीले नयाँ तरिकाले सोच्नुपर्ने प्रदेश सभापति अर्यालले बताए ।
उम्मेदवार क्लबमा दर्ता हुन इच्छुक उम्मेदवारका लागि पहिलो खुड्किलो हो । उम्मेदवार हुनका लागि पार्टीले बनाएको विधिअनुसार चार चरण पार गर्नुपर्छ । प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनका लागि ४० प्रतिशत मतभार तोकिएको छ । प्राइमरी इलेक्सनमा पनि सबैभन्दा बढी मतभार स्थानीय सदस्यहरूको हुने गरी विधि बनाइएको छ ।
प्राइमरी इलेक्सनका मतदाता सम्बन्धित स्थानका सबै सदस्य हुने छन् । सम्बन्धित पालिकाका पार्टी सदस्यहरूलाई भारांक सबैभन्दा बढी ७५ प्रतिशत छ । उम्मेदवार हुन इच्छुकले आवेदनपश्चात् लिडरसिप एकेडेमीको कक्षा लिनुपर्छ

उम्मेदवारका आकांक्षीहरूको ‘पोलिटिकल प्रोक्सिमिटी’ मूल्यांकन गरिने भएको छ । यस मापदण्डमा सांगठनिक आवद्धता, विगतको भूमिका र अनुशासन, निर्वाचित हुने सम्भाव्यता, बहुआयामिक लोकप्रियता, शैक्षिक–पेसागत अनुभव, तटस्थ सामाजिक परीक्षण लगायतमा मूल्यांकन गर्ने विधि बनाइएको छ ।
स्थानीय तहका उम्मेदवारको आकांक्षी हुनका लागि पार्टी सदस्यता लिएको, अन्य दल परित्याग गरेको समय–सीमासमेत रास्वपाले निर्धारण गरेको छ ।

विगतमा अन्य राजनीतिक दलमा नरहेको र रास्वपाको सदस्यता लिएको व्यक्तिको हकमा सदस्यता लिएको ४५ दिन पूरा भएपछि उम्मेदवार क्लबमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । अन्य दल त्यागेकाहरूको हकमा तीन महिना पुगेको भए मात्रै उम्मेदवार क्लबमा आवेदन पेस गर्न सकिनेछ ।

समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका व्यक्तिको हकमा तोकिएका समिति तथा निकायहरूको सहमतिबमोजिम विशेष प्रक्रियामार्फत आवेदन दिन सकिने विधि बनाइएको छ ।
रास्वपाको अघिल्लो समितिमा सहमहामन्त्री रहेका हालका महामन्त्री आचार्यको नेतृत्वमा उम्मेदवार छनोट रूपरेखा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको २० दिन पुगेको छ । यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिइरहेका छन् । १० भदौ बिहान साढे ८ बजेतिर आएको भीषण बाढीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर ...
: नुवाकोटको ककनीमा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। पहिरोमा परी गम्भीर घाइते भएका ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको मृत्यु भएको हो। आफ्नै खेतमा पानी लगाएर फर्कने क्रममा बाटोमा माथिवाट पहिरो खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
: भदौ १० र १४ गतेका त्रिशूलीको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता गरेका छन्। सहिदलखन गाउँपालिका–४ ठेउवाटारका युवाहरुले त्रिशूली किनारबाट संकलन गरेका सिलिण्डरहरु वडाअध्यक्ष र प्रहरी चौकी रागिनासको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरिएका सिलिण्डरहरु ठेउवाटारको एक घरमा सुरक्षित राखिएको वडाअध्यक्ष ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम