मुख्य समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ

: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको हो। आयोजनास्थलमा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले नयाँ अवधारणा कार्यान्वयनमा ल्याउने तयारी थालेको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार ६ बुँदे सुरक्षा अवधारणा तयार गरिएको छ। जसमा अनिवार्य बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म प्रस्ताव गरिएको छ।

सुरक्षा अवधारणामा अनिवार्य हल बिमाको व्यवस्था गरिएको छ। अबदेखि हरेक आयोजनाले अनिवार्य रूपमा हल वा संरचनात्मक बिमा (इन्स्यौरेन्स) गर्नुपर्नेछ।

यसैगरी एक आयोजना, एक सुरक्षा अधिकारीको व्यवस्था गरिएको छ। आयोजनास्थलमा सुरक्षा मापदण्डहरूको कडाइका साथ पालना गराउन ‘एक आयोजना, एक सुरक्षा अधिकारी’ (वान प्रोजेक्ट, वान सेफ्टी अफिसर) को अवधारणा अघि सारिएको छ।

यसैगरी उद्धार तालिमलाई अनिवार्य गरिएको छ। कुनै पनि आपत्कालीन वा विपद्को अवस्थामा तुरुन्तै सुरक्षित स्थानमा सर्न तथा मानवीय क्षति जोगाउन आयोजना स्थलमा अब नियमित रूपमा उद्धार तालिम सञ्चालन गरिनेछ।

यसैगरी आकस्मिक योजनाको अवधारणा अघि सारिएको छ। यसअन्तर्गत सम्भावित संकट, दुर्घटना वा प्राकृतिक प्रकोपको सामना गर्न स्पष्ट आकस्मिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ।

यसैगरी पावर हाउसमा न्यूनतम आवश्यकता सूची तयारी अवस्थामा राख्ने प्रस्ताव छ। अब पावर हाउस क्षेत्रमा कम्तीमा ३० दिनसम्म पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू अनिवार्य रूपमा भण्डारण गर्न ‘न्यूनतम आवश्यकता सूची’ (एमआरएल) बनाएर लागू गरिनेछ।

यसैगरी सुरुङको पुनर्संरचनालाई जोड दिइएको छ। सुरुङ मार्गहरूको सुरक्षा र स्थायित्वलाई मध्यनजर गर्दै हाल सुरुङको पुनर्संरचना गर्ने विषयमा गम्भीर छलफल र परामर्श तीव्र पारिएको छ।

यी नयाँ मापदण्ड र अवधारणाहरूले आयोजनाको भौतिक सम्पत्ति र श्रमिकहरूको सुरक्षालाई सुदृढ बनाउनुका साथै जुनसुकै विपद् वा आपत्कालीन अवस्थाको सामना गर्न आयोजनाहरूलाई सक्षम बनाउने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ...
। सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ८ बजे दुर्गापुरस्थित लक्ष्मी मन्दिर नजिकै बाटो काट्ने क्रममा स्थानीय रामदयाल यादवका छोरा आयनस यादवलाई गोलबजारबाट दुर्गापुरतर्फ जाँदै गरेको प्र.२–०१–००१ प ६८५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा शरीरका विभिन्न भागमा चोट लागेका बालकलाई उपचारका लागि लाइफ लङ हेल्थ ...
। ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयल्टी, कर तथा दस्तुरमा छुट दिन प्रस्ताव गरिएको छ । खानी तथा खनिज पदार्थ विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. राम लामाले यस्तो प्रस्ताव राखेका हुन् । प्रस्तावित विधेयकको दफा १४ मा खनिज पदार्थको उत्खनन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । दफा १४ ...
। मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै ‘मुख्य संस्था’ का रूपमा सूचीकृत गरेपछि नेपाल सरकारले ती संस्थामाथि छानबिन अघि बढाएको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि वैदेशिक रोजगार विभागले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको हो । मलेसियाले २५ वटा मुख्य म्यानपावरमार्फत ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम