मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

। सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ८ बजे दुर्गापुरस्थित लक्ष्मी मन्दिर नजिकै बाटो काट्ने क्रममा स्थानीय रामदयाल यादवका छोरा आयनस यादवलाई गोलबजारबाट दुर्गापुरतर्फ जाँदै गरेको प्र.२–०१–००१ प ६८५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा शरीरका विभिन्न भागमा चोट लागेका बालकलाई उपचारका लागि लाइफ लङ हेल्थ केयर गोलबजार लगिएको थियो। अस्पतालमा चिकित्सकले इसिजी जाँच गरी बिहान ८:३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता नरेश लिम्बुले जानकारी दिए।

प्रहरी निरीक्षक लिम्बुका अनुसार दुर्घटनापछि मोटरसाइकल घटनास्थलमै रहे पनि चालक भने फरार भएका छन्। चालकको नाम, थर र ठेगाना तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ।

चालकको खोजी तथा पहिचानका लागि प्रहरी परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ...
। ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयल्टी, कर तथा दस्तुरमा छुट दिन प्रस्ताव गरिएको छ । खानी तथा खनिज पदार्थ विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. राम लामाले यस्तो प्रस्ताव राखेका हुन् । प्रस्तावित विधेयकको दफा १४ मा खनिज पदार्थको उत्खनन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । दफा १४ ...
। मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै ‘मुख्य संस्था’ का रूपमा सूचीकृत गरेपछि नेपाल सरकारले ती संस्थामाथि छानबिन अघि बढाएको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि वैदेशिक रोजगार विभागले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको हो । मलेसियाले २५ वटा मुख्य म्यानपावरमार्फत ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको ...
। स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन् । महिलालाई खोलाले बगाएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त प्रहरी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम