मुख्य समाचार
हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी
हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी

। हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्।

हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको समयमा सोमबार उनीहरूको यो दाबी बाहिर आएको बीबीसीले जनाएको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु विमानहरूमार्फत यमनका क्षेत्रहरूलाई निशाना बनाएको छ।’

उनका अनुसार, यी हवाई आक्रमणहरूमा ताइज, लहज, जौफ, मारिब र होदेइदाका क्षेत्रहरू समावेश छन्।

बीबीसी पर्सियनका अनुसार, हुथीहरूले सोमबार साउदी अरबका सैन्य अखडाहरूमा आफूहरूले पनि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

हुथीहरूका अनुसार, पछिल्ला दिनहरूमा उनीहरूले रेड सीको तट र बाब अल-मन्डेब जलमार्गमाथि आफ्नो नियन्त्रण कायम गरेका छन्।

अमेरिका-इरान युद्धका कारण होर्मुज जलमार्ग पहिल्यैदेखि प्रभावित भएकाले बाब अल-मन्डेब समुद्री मार्गको रणनीतिक महत्त्व हालैका दिनमा झनै बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् । आइतबार राजीनामा घोषणा गरेका चोइको प्रस्ताव राष्ट्रपति ली जे-म्युङले करिब एक घण्टाभित्रै स्वीकृत गरेका छन् । नयाँ शिक्षामन्त्री नियुक्त ...
। मोदीले भारत र नेपालबीच केवल छिमेकी देशको मात्र सम्बन्ध नभई दुवैको इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग जोडिएको बताए। दुवै देशका जनताबीच सदियौँ पुरानो सम्बन्ध छ। सन् २०१८ मा गरेको आफ्नो जनकपुर भ्रमणको स्मरण गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान् राम र माता सीतासँग पनि जोडिएको बताए। जनकपुरलाई माता सीताको जन्मस्थल मानिन्छ भने अयोध्या ...
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विश्वमाथि आफ्नो सर्त थोपर्न नसक्ने बताएका छन् । इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धमा पराजय व्यहोरेपछि विश्व व्यवस्था परिवर्तन भएको उनको दाबी छ । एक्समा लेख्दै रेजाईले सन् २०२६ को इरान सन् १९४३ को तेहरान सम्मेलन र सन् १९४५ को याल्टा ...
। इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ । तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ...
। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्न खोजिरहेका नेताको नेतृत्वमा इजरायली राजनीतिक व्यक्तित्वहरूको एक समूहले आइतबार वेस्ट बैंकका प्यालेस्टिनी गाउँहरूमा अतिवादी बसोबास गर्नेहरूले रातारात गरेको आक्रमणको निन्दा गरेको छ। धेरै नेताहरूले यी आक्रमणहरूलाई ‘यहुदी आतंकवाद’ भनेका छन्। ‘सवारी साधन र घरहरूमा आगजनी गर्ने अतिवादी समूहहरूले क्षेत्रीय स्थिरतालाई कमजोर बनाइरहेका छन्। यसले मानिसको जीवन जोखिममा पारेको छ। साथै, ...