। सरकारले रसुवालाई नुवाकोटसँग सडकमार्गबाट जोड्न ७५ मिटर लामो बेलिब्रिज बनाउने भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सो जानकारी गराएका हुन् ।
उनका अनुसार नुवाकोटको सुर्यगढी गाउँपालिका २ तल्लो कुवापानी बिमिरे खोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ बहाखोलासम्म फलाँखुमा सो बेलिब्रिज जडान गर्ने निर्णय भएको हो ।
सो स्थानमा बेलिब्रिल जडान गर्ने सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्षबाट अनुरोध आएको र सो अनुसार आवश्यक निर्देशन र सहजीकरण गरिएको समेत उनले बताएका छन् ।
उनका अनुसार यो स्थानमा बेलिब्रिज जडान भएपछि नुवाकोटबाट रसुवा जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्ग बन्नेछ । फलाँखुबाट विदुर २३ किलोमिटर र धुन्चे ३५ किलोमिटर दूरीमा छ ।