मुख्य समाचार
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने

। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।

गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ । उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् ।

यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो । वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका थिए ।

यस्तै काठमान्डु गोर्खाजले राखेको हिन्ट अनुसार वार्नर नै उक्त खेलाडी रहेको संकेत देखिएको थियो र अनलाइनखबरले यसबारेमा समाचार प्रकाशन गरेको थियो ।

‘डेबिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौसम्म छलफलहरु भएका थिए र यसमा सहभागि सबैको कुरा–चित्त, धैर्यता र विश्वास गराउन महिनौं लाग्यो । तर उनी स्तरको खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्ने र टियु मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासको मुल्य बनायो,’ काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले भनेका छन् । ।

३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप तीनवटै मुख्य प्रतियोगिता जितेका छन् ।

वार्नरले सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी-२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् ।

उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी पनि हुन् । वार्नरले टी-२०आईमा ११० खेल खेल्दा १ शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् ।

समग्र टी२० मा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार भन्दा बढी रन बनाएका छन् ।

उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल, भाइटालिटी ब्लास्टमा खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल आगामी नोभेम्बर ५ मा पाकिस्तान र भारतबिच हुनेछ । सोही दिनको दोस्रो खेल भुटान र बंगलादेशसँग हुने तालिका छ । नोभेम्बर ८ मा माल्दिभ्स र पाकिस्तान तथा श्रीलंका र भुटान खेल्नेछन् । ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज आयोजना गर्ने भनिएको ज्ञापनपत्र बुझाउने, धर्ना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । एन्फाले सोमबार सूचना जारी गर्दै विशेष कारणवश बिहान ११ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तय गरिएको कार्यक्रम स्थगित गरिएको जनाएको हो । फिफाबाट निलम्बनमा परेको एन्फाले निलम्बन फुकुवाका लागि ...
। एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा गरेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मलेसियामा पुगेका नेपाली समर्थक तथा देशभरबाट साथ दिएका समर्थकलाई पनि धन्यवाद व्यक्त गरे । ‘हामी जाँदा एउटा वाचा गरेका थियौं- ट्रफी लिएर नेपाल फर्किने ...
। इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो सजाय दिएको छ । आईसीसीका अनुसार बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो । त्यसपछि खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना लगाउनुका साथै विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ११ अंक पनि कटौती गरिएको ...
। एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्कियो । टोलीको स्वागतका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एसिया कपमा पुग्नु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको भन्दै यसलाई आगामी यात्राको ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् । पारसले नेपाली टोलीले प्रतियोगिताभर उत्कृष्ट क्रिकेट खेलेको उल्लेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम