मुख्य समाचार
रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने व्यक्ति पक्राउ
रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने व्यक्ति पक्राउ

। रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने व्यक्ति पक्राउ परेका छन्।

अनुगमन गर्दै आफ्नै गाउँपालिका पुगेपछि झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा पक्राउ परेका हुन्। सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा धम्कीपूर्ण शैलीमा व्यवहार गरेका उनलाई पक्राउ गरी प्रहरीले पाँच दिनको म्याद थप गरेको छ।

प्रहरीका अनुसार विश्वकर्माले आफू सत्तारुढ दल रास्वपाको नेता भएको र प्रधानमन्त्रको सचिवालयमा रहेको बताएपछि सरकारी कार्यालयमा प्रवेश र सार्वजनिक सरोकारका बैठकहरूमा पहुँच पाएका थिए।

प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएपछि जिल्ला प्रशासन कार्यालयले उनलाई अनुगमनका लागि गाडीसमेत उपलब्ध गराएका थियो। सरकारी गाडी लिएर उनी सरकारी कार्यालय अनुगमनका लागि पुगेको प्रहरी स्रोत बताउँछ।



हल्दिबारी गाउँपालिका पुगेर फर्किएपछि उनी पक्राउ परेका हुन्। उनको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा पनि नभएको जानकारी पाएपछि पक्राउ गरेको थियो।

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन रास्वपाको नेता भन्दै विश्वकर्मा आफ्नो कार्यालयमा आएको बताउँछन्। उनका अनुसार सरकारी नम्बर प्लेटको गाडीमा आएका विश्वकर्माले पालिकाको विकासका विषयमा चासो राखेका थिए।

‘ऊ गाउँको भाइ हो। पहिले पनि आउँथे। रास्वपाको नेता भएको छु भनेपछि गाउँको विकासमा सहयोग गर्नुपर्छ, भनेको थिएँ,’ लिङ्देनले भने, ‘अहिले सबै जेनजी नेता छन्, अरू विषय थाहा भएन।’

सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिएपछि प्रहरीले सोमबार विश्वकर्मालाई पक्राउ गरी ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिए।

प्रहरीले विश्वकर्माले झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न पनि आग्रह गरेको छ। ‘थप अनुसन्धान भइरहेको छ, कसैलाई हानिनोक्सानी पुर्‍याएको भए निवेदनका लागि आग्रह गरेका छौं,’ उनले भने, ‘सरकारी गाडी प्रयोगका विषयमा बुझ्ने काम भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी(जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गरेको छ । जसपा नेपालका तर्फबाट महासचिवद्वय प्रकाश अधिकारी र सुरेन्द्रकुमार झा नेतृत्वको टोली अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको बैंक चेक हस्तान्तरण गरेको छ । उक्त रकम हस्तान्तरण गर्दा विपद् व्यवस्थापन तथा राहत ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए । आइतबारको बिदा कसैलाई पनि नचाहिएको बताउँदै उनले आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताइन् । साथै, उनले ...
। ठगीसम्बन्धी कसुरमा नियन्त्रणमा रहेका अभियुक्त प्रहरी कार्यालयबाटै सुटुक्क फरार भएका छन् । आफ्नो कार्यालयको मुद्दा प्रक्रिया टुंगो लागेपछि अर्को ठाउँको मुद्दा प्रक्रियाका लागि बुझाउनुपर्ने अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुटुक्क फरार भएका छन् । प्रहरीकै मिलेमतोमा फरार भएको आशंका छ । यसरी सेटिङमा उन्मुक्ति पाउने व्यक्ति हुन् कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुली । जिल्ला ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गर्न माग गरेका हुन् । अहिले रसुवामा आएको भोटेकोशी बाढी पनि दैवी प्रकोप नभएको उनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम