मुख्य समाचार
साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द
साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द

साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द भएको छ । यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ ।

यही कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । खाडी क्षेत्रमा जलयातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्योल सिर्जना भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.३७ डलर अर्थात् १.३ प्रतिशतले बढेको छ । यसको मूल्य प्रतिब्यारेल १०७.०५ डलर पुगेको छ ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि १.५३ डलर अर्थात् १.५१ प्रतिशतले बढेको छ । यसको मूल्य प्रतिप्याकेट १०२.९२ डलर पुगेको छ । अघिल्लो कारोबारमा पनि दुवैको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको थियो।



यमनका इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरेबियामा नयाँ आक्रमण गरेका छन् । खाडीका अरब राष्ट्रहरूले इरानसँगको वार्ता स्थगित गरेका छन् । यसले मध्यपूर्वको द्वन्द्व अझ फैलिन सक्ने चिन्ता बढाएको छ ।

यसबाट विश्वभरको तेल आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

हुथी समूहले दक्षिणी साउदी अरेबियाको खमिस मुसाइत सैन्य एयरबेसमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । उनीहरूले विमान ह्याङ्गर, राडार प्रणाली, रनवे र हतियार भण्डारलाई निशाना बनाएका छन् । साउदी अरेबियाले यमनमा गरेको हमलाको बदला लिन यो आक्रमण गरिएको हो ।

यसअघि गत शुक्रबार पनि साउदी अरेबियामा आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...