मुख्य समाचार
सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग
सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।

आइतबारको बिदा कसैलाई पनि नचाहिएको बताउँदै उनले आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।

‘विपद्को समयमा मुस्लिम समूदायले पनि सहयोग गर्ने वातारण निर्माणमा सहयोग गर्ने सबैमा धन्यवाद भन्न चाहन्छु । र यो आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन,’ उनले भने, ‘शैक्षिक संस्थादेखि सबै ठाउँहरूमा यसले नकारत्मक असर पारिरहेको छ । त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिवारको बिदा कायम गरोस् ।’



सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपतका गर्न भन्दै गत २०८२ चैत २३ गतेबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी(जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गरेको छ । जसपा नेपालका तर्फबाट महासचिवद्वय प्रकाश अधिकारी र सुरेन्द्रकुमार झा नेतृत्वको टोली अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको बैंक चेक हस्तान्तरण गरेको छ । उक्त रकम हस्तान्तरण गर्दा विपद् व्यवस्थापन तथा राहत ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताइन् । साथै, उनले ...
। ठगीसम्बन्धी कसुरमा नियन्त्रणमा रहेका अभियुक्त प्रहरी कार्यालयबाटै सुटुक्क फरार भएका छन् । आफ्नो कार्यालयको मुद्दा प्रक्रिया टुंगो लागेपछि अर्को ठाउँको मुद्दा प्रक्रियाका लागि बुझाउनुपर्ने अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुटुक्क फरार भएका छन् । प्रहरीकै मिलेमतोमा फरार भएको आशंका छ । यसरी सेटिङमा उन्मुक्ति पाउने व्यक्ति हुन् कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुली । जिल्ला ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गर्न माग गरेका हुन् । अहिले रसुवामा आएको भोटेकोशी बाढी पनि दैवी प्रकोप नभएको उनले ...
। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्नेगरी विधेयक तयारी अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजनसम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम