मुख्य समाचार
रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति
रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा सांसद बाँस्कोटाले परिवारलाई समेत कडा नियम र निश्चित समयमा मात्र भेट्न दिइने आईसीयू कक्षमा क्यामरा,क्यामराम्यानसहित प्रवेश गरी करिब एक घण्टा लामो अन्तर्वार्ता लिइएको भन्दै आपत्ति जनाएकी हुन्।

अन्तर्वार्ता लिइएका बिरामीका साथै त्यही कक्षमा रहेका अन्य जटिल अवस्थाका बिरामीहरूको स्वास्थ्य,गोपनीयता र जीवनसमेत संक्रमणको जोखिममा पारिएको उनले बताइन्।उनले संवेदनशील कक्षमा अन्तर्वार्ता लिन अस्पताल प्रशासन र चिकित्सकहरूले कसरी र कुन नैतिकताका आधारमा अनुमति दिए भन्ने विषयमा प्रश्न उठाएकी हुन्।

मानव जीवनभन्दा ठूलो कुनै अन्तर्वार्ता,कन्टेन्ट वा भ्युज हुन नसक्ने भन्दै बिरामीको अवस्थालाई टीआरपीसँग तौलिने प्रवृत्ति बढेको भन्दै उनले आपत्ति जनाइन्।

उनले उपचाररत बिरामीको गोपनीयता,संक्रमण नियन्त्रण तथा अस्पताल प्रशासनको लापरबाहीलाई कानुनी दायरामा ल्याउन छुट्टै ’मेडिकल नेग्लिजेन्स ऐन’तत्काल तर्जुमा गरी लागू गर्न सरकारसँग माग गरिन्।

रसुवा बाढीपछि एकजना व्यक्तिलाई माथिल्लो त्रिशूली-३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्दार गरिएको थियो। उद्दार पछि उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेका बेला अन्तर्वाता लिइएको थियो। उक्त सामग्री इन्साइड द बंकर नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो। स्वास्थ्य प्रोटोकल र बिरामीको जीवनमाथि गम्भीर खेलबाड गरेको भन्दै त्यसको विरोध सुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन विधान र निर्धारित कार्यतालिकाअनुसार नै हुने भन्दै नेता-कार्यकर्तालाई कुनै पनि अलमल र द्विविधामा नपर्न आग्रह गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनमा सहभागी नहुन आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि सभापति थापाले पनि सार्वजनिक अपिलमार्फत नेता-कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका हुन्। थापाले ...
: भारतबाट नेपाल आयल निगमका लागि ल्याइएको डिजेल भैरहवामा चोरी गरिररहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर नियन्त्रणमा लिएको हो। नेपाल आयल निगमका ट्याङ्करबाट सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर, ...
: मनसुनजन्य तथा अन्य सम्भावित विपद् प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा निकायलाई आवश्यक उद्वार सामग्री उपलब्ध गराएको छ। प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले मंगलबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई लाइफ ज्याकेट, सेफ्टी बेल्ट, पानी बुट, फायरबल, फोल्डिङ स्ट्रेचर,कटर, ग्रीन्डर,सर्च लाइट, ट्युब, कड, मेघाफोन टुचिङ तारलगायत १७ प्रकारका उउद्वार सामग्री हस्तान्तरण गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका ...
: सबैला नगरपालिका–६ की गीताकुमारी मण्डलले ऐलानी जग्गा करिब पुस्तौदेखि हकभोग गर्दै आइरहेकी छन्। जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य भएका मण्डल यतिबेला भने खुसी भएकी छन्। सबैलाको आसपास क्षेत्रमा नाप जाँच कार्य २०७२ सालमै नक्सा सम्पन्न भएपनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन ...
: कांग्रेसभित्र १५औं महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार छुट्टाछुट्टै वक्तव्य जारी गर्दै कार्यकर्ताहरूलाई फरक–फरक आह्वान गरेका छन्। सभापति गगन थापाले असोज ३ र ४ गते तय गरिएको वडा अधिवेशनमा बिना अलमल उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकहरूलाई आह्वान गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम