: राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक बोलाएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका सम्बन्धमा छलफल गर्न बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको हो।
बैठकमा भोटेकोशी बाढीपछि हालसम्म भएका काम र आगामी रणनीति,विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने छ। प्रधानमन्त्री बालेन शाहले विपक्षी दलसँग सामूहिक छलफल गर्न चासो नदेखाएपछि सभापति लामिछानेले पटक-पटक दलहरुसँग संवाद गरिरहेका छन्।