मुख्य समाचार
मन्त्री प्रतिभा रावलले नयाँ गुठी विधेयक छिट्टै संसदमा पेस गरिने जानकारी
मन्त्री प्रतिभा रावलले नयाँ गुठी विधेयक छिट्टै संसदमा पेस गरिने जानकारी

: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नयाँ गुठी विधेयक छिट्टै संसदमा पेस गरिने जानकारी दिएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको उठाएका प्रश्नको जवाफ दिदै मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसद्मा पेश गरिने जानकारी दिएकी हुन्। उनले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरोकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गरिन्। गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आम्दानीबाट चल्ने जात्रा–पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको मन्त्री रावलको भनाइ छ।

त्यस्तै मन्त्री रावलले गुठी संस्थान ऐन २०३३ अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद–बिक्री गर्न पाउने र धितो–बन्धक समेत राख्न सकिने स्पष्ट कानुनी व्यवस्था रहेको बताइन्। गुठी अधीनस्थ जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दस्तुर तिरी घर वा टहरा बनाउन पाउने व्यवस्था रहेकोले मोहीहरू यसप्रति नकारात्मक वा त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै गुडिरहेको कारमा ढुंगा खस्दा २ जना घाइते भएका छन्। बा २० च ३९९९ कारमा ढुंगा खस्दा कारको पछाडीको भागमा पूर्ण रूपमा क्षति भएको छ । घाईते हुनेमा बुटवल उपमहानगर पालिका–७ का ४७ बर्षिय जुलन गैरे र बुटवल उपमहानगर ...
: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु अनुकूलन तथा न्यूनीकरणमा निजी क्षेत्रलाई सक्रिय सहभागी गराउनुपर्ने बताएकी छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको जलवायु सम्मेलनमा सम्बोधन गर्दै मन्त्री चौधरीले हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु-स्मार्ट कृषि र वातावरणमैत्री पर्यटनमा निजी लगानी प्रोत्साहित गर्नुपर्ने बताएकी हुन्। उनले सरकारले निजी क्षेत्रलाई कर प्रोत्साहन, सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग ...
: नुहाउने क्रममा खोलाले बगाएकी एक महिला मृत भेटिएकी छन्। वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान ५ बजे आँधीखोलामा नुहाउदै गर्दा बगेर बेपत्ता भएकी थिइन्। वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल वालिङबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा खोलाले बगाएको स्थानभन्दा झण्डै ४ किलोमिटर तल शान्तिघाटमा पाण्डेको शव भेटिएको प्रहरी नायब ...
: पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए। प्रधानमन्त्री शाहको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको ...
: अलाैबाट सशस्त्र प्रहरीले ठूलाे परिमाणबाट लागूऔषध चरेस सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। अलौस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्मबाट मंगलबार खटिएको मोबाईल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेकाे भारतीय नम्बर प्लेटको मोटरसाइकललाई राेकेर चेकजाँच गरेकाे थियाे।त्यसक्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई राखेको अवस्थामा २१ वटा पाेकमा रहेकाे ९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम