मुख्य समाचार
नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन
नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन

: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो।

सगरमाथालाई नजिकबाट पर्दामा अनुभव गर्न पाएको भन्दै दर्शकले वृत्तचित्रको प्रस्तुति, विषयवस्तु र सन्देशको प्रशंसा गरेका थिए। दर्शकले फिल्म हेर्दा आफू नै सगरमाथाको यात्रामा सहभागी भएको जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका थिए। प्रिमियरमा हङकङबाट सगरमाथा आरोहण गरेका आधादर्जन चिनियाँ आरोहीहरूको पनि सहभागिता थियो।

५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ। वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ। प्रर्दशनी समारोहमा वृत्तचित्रका अन्य पात्रहरू कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ र सुरज गुरुङसमेतको सहभागिता थियो। फुर्वाले १८ र निमाले ११ पटक सगरमाथा आरोहण गरिसकेका छन्।

निर्देशक निर्मल श्रेष्ठले ‘रोड टु एभरेष्ट’ सगरमाथालाई केवल चिनाउने नभई बुझाउने प्रयास भएको बताए। ‘सगरमाथालाई चिनाउनभन्दा पनि सगरमाथालाई बुझाउन यो फिल्म बनाएका हौं’, निर्देशक श्रेष्ठले भने, ‘सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो।’

निर्देशक श्रेष्ठले यो वृत्तचित्र वर्तमान पुस्ताका लागि मात्र नभई भावी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहने बताए। कार्यक्रममा वी विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरिरहेका परिवर्तनबारे वृत्तचित्रले महत्वपूर्ण सन्देश दिएको बताए। उनले ‘रोड टु एभरेष्ट’लाई विश्वभरका फिल्म फेस्टिभलहरूमा पु¥याउँदै जलवायु परिवर्तन र हिमाली संरक्षणबारे अन्तर्राष्ट्रिय स्तरमा चेतना फैलाउने उद्देश्य रहेको बताए। उनका अनुसार नेपालको हिमाली सम्पदा, पर्यटन र वातावरणीय विषयलाई विश्व समुदायसमक्ष पु¥याउन वृत्तचित्रले प्रभावकारी भूमिका खेल्नेछ।

वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। फिल्म नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ। नेपालमा विशेष प्रदर्शनपछि हङकङमा गरिएको ग्रान्ड प्रिमियरसँगै ‘रोड टु एभरेष्ट’को अन्तर्राष्ट्रिय यात्रा थप विस्तार भएको छ। अब वृत्तचित्रलाई विभिन्न देशका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, विशेष प्रदर्शन तथा सिनेमा हलहरूमा पु¥याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...