: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालिका माध्यमिक विद्यालय कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको उनीमाथि आरोप छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २ लाख विगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय हुन माग गरिएको आरोप पत्रमा उल्लेख छ।