मुख्य समाचार
बंगलादेशमा शेख हसिनाको पार्टीका सात वरिष्ठ नेतालाई मृत्युदण्ड सजाय
बंगलादेशमा शेख हसिनाको पार्टीका सात वरिष्ठ नेतालाई मृत्युदण्ड सजाय

: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्ड सुनाएको छ।

न्यायाधिकरणले मंगलबार उनीहरूलाई आन्दोलनका क्रममा हिंसा भड्काउन, हिंसाको निर्देशन दिन वा त्यसलाई प्रोत्साहन गर्न भूमिका खेलेको ठहर गरेको हो। उक्त आन्दोलनलाई ‘जुलाई विद्रोह’का नामले समेत चिनिन्छ। तीन सदस्यीय न्यायाधिकरण (आईसीटी–२) को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए। सातै अभियुक्तको अनुपस्थितिमा मुद्दाको सुनुवाइ भएको थियो।

मृत्युदण्ड पाउनेमा अवामी लिगका महासचिव तथा पूर्व सडक यातायातमन्त्री ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम र सूचना तथा प्रसारण मामिलाका पूर्व राज्यमन्त्री मोहम्मद अली अराफात छन्। त्यस्तै, जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनानलाई पनि मृत्युदण्ड सुनाइएको छ।

सातै अभियुक्तका तर्फबाट अदालतले सरकारी वकिल नियुक्त गरेको थियो। यो फैसला सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा आएको हो। करिब १० महिनाअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि उनको अनुपस्थितिमा मृत्युदण्ड सुनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी विधेयकप्रति भारतले कडा आपत्ति जनाएको छ। अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रजेन्टेटिभ्स) मा बिहीबार यस विधेयकमाथि मतदान हुँदै छ। सिनेटबाट ८६-११ को भारी बहुमतले पारित भइसकेको यो विधेयक तल्लो सदनबाट स्वीकृत भएमा अन्तिम हस्ताक्षरका लागि राष्ट्रपतिका टेबलमा पुग्नेछ। यसैबीच भारतीय परराष्ट्र ...
: अमेरिकी संसद्‌को तल्लो सदन ‘हाउस अफ रिप्रजेन्टेटिभ्स’ रुसविरुद्धको एक कडा प्रतिबन्ध विधेयकमा मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) लगाउने विशेषाधिकार प्रदान गर्नेछ। यसरी शतप्रतिशत शुल्कको जोखिममा पर्ने देशहरूको सूचीमा भारत प्रमुखताका साथ समावेश छ। ‘लिन्डसे ओ ग्राहम ...
साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द भएको छ । यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ । यही कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । खाडी क्षेत्रमा जलयातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्योल सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.३७ डलर अर्थात् १.३ प्रतिशतले ...
। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द भएका छन्। कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो सुरक्षा जोखिमबारे सार्वजनिक रूपमा आएको यस्तो धारणा तीव्र व्यावसायीकरण र ठूलो लगानीको अपेक्षा गरिरहेका लगानीकर्ताका लागि अनपेक्षित बनेको छ। सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत १५२.०९ अंक अर्थात् ०.२९ प्रतिशतले ...
चीनले आफ्ना नागरिकहरूमाथि भ्रमण प्रतिबन्ध मङ्गलबारदेखि व्यापक रूपमा लागु गरेको छ । देशको ‘औद्योगिक वा प्रविधि सुरक्षा’ मा खतरा पुर्‍याएको ठानिएका मानिसहरूलाई देश छाड्न रोक लगाइएको छ । गत जुलाई महिनामा पारित भएका यी नयाँ प्रवेश तथा प्रस्थान नियमहरू प्रविधि आयात र निर्यातसम्बन्धी नियम उल्लङ्घन गर्ने नागरिकहरूमाथि लागु हुनेछन् । खासगरी आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नियम उल्लङ्घन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम