: डोटीको सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी २२ वर्षीय प्रिंयका श्रेष्ठले मंगलबार बेलुकी ५ बजेतिर दिपायलस्थित झोलुङ्गे पुलबाट सेतीमा हाम फालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
घटनाबारे स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा १० जनाको प्रहरी टोली खोजीका लागि खटिएको छ। यस्तै, जिल्लाबाट प्रहरी उपरीक्षक सागर बोहराको कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन भएर बेपत्ता किशोरीको खोजी कार्य भइरहेको छ।