मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनले बुधबारका निर्णयमध्ये मुख्य निर्णय भनेर ६ वटा निर्णयहरू सुनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो ।

यस्ता छन् निर्णयहरू–

–सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने ।

–नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।

–नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू श्री खगेन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।

–साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुन कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिइ बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने ।

–चक्रिय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने ।

–नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गर्दैछ । यसका लागि तयार गरिएका मस्यौदा कानुनी प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सहित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको हो । तीमध्ये सुरक्षित मातृत्व तथा प्रजनन ...
। सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन्। विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत नै चिनजान भई प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्वीरहरू महिलाका परिवारका सदस्यहरूलाई पठाउने प्रशान्त जयसवाल पक्राउ परेका हुन्। नेपालगञज उपमहानगरपालिका-१ का २३ वर्षीय प्रशान्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको र अनुसन्धानका लागि जिल्ला अदालत ...
। छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार सिंहदरबार पुगेर कार्यदलले छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिगत सुधारका लागि भन्दै लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । यसअघि कार्यदले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नौ हजारभन्दा बढी निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर नौ हजार ९४ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने जनाएको हो । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रमा तीन जना र सात प्रदेशमा पनि तीन ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुन:स्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेको मन्त्रालयले जनाएको छ । भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम