मुख्य समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द

। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् ।

देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुन:स्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेको मन्त्रालयले जनाएको छ ।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा अझै पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु छ ।

साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुन:स्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने छ ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो ।

उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरूका सम्बन्धमा संसदीय समितिले सरकारलाई ११ बुँदे सुझाव दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो । समितिका सभापति अशोक कुमार चौधरीका अनुसार जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर ...
। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल सहुलियत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटर सम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यका तर्फबाट राहतको ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन् । विगतका आयोगले नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पुर्‍याएका कामको परिणामस्वरूप अहिले पुर्जा वितरण भइरहेको उनको भनाइ छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ ...
। सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । २९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको ...
। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गर्दैछ । यसका लागि तयार गरिएका मस्यौदा कानुनी प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सहित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको हो । तीमध्ये सुरक्षित मातृत्व तथा प्रजनन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम