। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नौ हजारभन्दा बढी निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर नौ हजार ९४ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने जनाएको हो ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रमा तीन जना र सात प्रदेशमा पनि तीन जनाका दरले २१ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने छन् ।
यस्तै ७७ जिल्ला, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, ७५३ पालिका र ६ हजार ७४३ जना र अन्य एक हजार जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने बताइएको छ ।