मुख्य समाचार
रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाए
रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाए

। छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार सिंहदरबार पुगेर कार्यदलले छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिगत सुधारका लागि भन्दै लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यसअघि कार्यदले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरूका सम्बन्धमा संसदीय समितिले सरकारलाई ११ बुँदे सुझाव दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो । समितिका सभापति अशोक कुमार चौधरीका अनुसार जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर ...
। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल सहुलियत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटर सम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यका तर्फबाट राहतको ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन् । विगतका आयोगले नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पुर्‍याएका कामको परिणामस्वरूप अहिले पुर्जा वितरण भइरहेको उनको भनाइ छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ ...
। सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । २९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको ...
। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गर्दैछ । यसका लागि तयार गरिएका मस्यौदा कानुनी प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सहित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको हो । तीमध्ये सुरक्षित मातृत्व तथा प्रजनन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम