। सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२९ भदौमा काठमाडौंको एक घरबाट उनले गरगहना चोरी गरेका थिए । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले २९ भदौकै साँझ उनलाई पक्राउ गरेको हो ।
उनीबाट १३८ ग्रााम बराबरका सुनका गरगहना बरामद भएको छ ।