मुख्य समाचार
गाजामा इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त एउटा आवासीय भवन भत्किँदा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु
गाजामा इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त एउटा आवासीय भवन भत्किँदा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु

गाजामा इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त एउटा आवासीय भवन भत्किँदा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना बालबालिका र केही महिला पनि समावेश छन् । प्यालेस्टाइनी सुरक्षा निकायका अनुसार बुधबार ६ तले भवन भत्किएको हो ।

भवनको भग्नावशेषमा दर्जनौं मानिस पुरिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भग्नावशेषमुनिबाट बालबालिकाले सहयोगका लागि चिच्याएको आवाज समेत सुनिन्छ । नागरिक सुरक्षा टोलीले जीवित व्यक्तिको खोजी गरिरहेको बताइएको छ ।

गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भग्नावशेषमुनिबाट मृतक निकाल्ने र बेपत्ता मानिसको खोजी गर्ने काम जारी रहेको बताएका छन् ।

उनका अनुसार भवनको भग्नावशेषमुनि अझै करिब १०० जना मानिस फसेका हुनसक्ने देखिन्छ ।



उद्धार टोलीसँग आवश्यक उपकरण नहुँदा भग्नावशेषमा फसेकाहरूलाई निकाल्न निकै कठिन भइरहेको उनले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली बमबारीका क्रममा उक्त भवन क्षतिग्रस्त बनेको थियो । भवनमा चिरैचिरा परेको र संरचनागत रूपमा कमजोर बनेको बताइएको छ ।

गाजा सहरका मेयर याह्या अल–सरराजले युद्धका कारण सहरका धेरै घर क्षतिग्रस्त भएको बताउँदै यो घटना पहिलो नभएको र सम्भवत: अन्तिम पनि नहुने बताएका छन् ।

उनले नगरपालिकासहित नागरिक सुरक्षा निकायसँग पर्याप्त स्रोतसाधन र उपकरण नभएका कारण उद्धारमा कठिनाइ भइरहेको बताएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले घटनाका लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ । –अलजजीराको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट)ले नेपालको भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन अभियान थालेका छन् । अमेरिकी युट्युबर, उद्यमी तथा परोपकारी डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितका लागि आफूहरूले लाखौं डलरको राहत रकम संकलन गरिरहेको जनाउँदै अभियानमा सहयोग गर्न विश्वभरका मानिसलाई आग्रह गरेका छन् । ‘यतिबेला नेपालका विपद् प्रभावितलाई सहयोगको खाँचो छ । ...
। मङ्गलबार राति अमेरिकाको च्याट्सवर्थ स्थित सान फर्नान्डो भ्यालीमा एनबीसी लस एन्जलसको एउटा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। लस एन्जलसका अग्निनियन्त्रकहरूका अनुसार यो घटना मङ्गलबार बेलुकी भएको हो। एन. म्यासन एभिन्युको ९१०० ब्लकमा रहेका दुई व्यावसायिक भवनहरूको बिचमा हेलिकप्टर खसेको हो। हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर र पार्क गरिएका केही गाडीहरूमाथि ...
। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स रूसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। यो प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशहरूमाथि १०० प्रतिशत महसुल लगाउने अधिकार दिनेछ। यसरी अतिरिक्त शुल्क लाग्न सक्ने देशहरूको सूचीमा भारत पनि समावेश छ। यो विधेयकलाई ‘लिन्डेसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ ...
: रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी विधेयकप्रति भारतले कडा आपत्ति जनाएको छ। अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रजेन्टेटिभ्स) मा बिहीबार यस विधेयकमाथि मतदान हुँदै छ। सिनेटबाट ८६-११ को भारी बहुमतले पारित भइसकेको यो विधेयक तल्लो सदनबाट स्वीकृत भएमा अन्तिम हस्ताक्षरका लागि राष्ट्रपतिका टेबलमा पुग्नेछ। यसैबीच भारतीय परराष्ट्र ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्ड सुनाएको छ। न्यायाधिकरणले मंगलबार उनीहरूलाई आन्दोलनका क्रममा हिंसा भड्काउन, हिंसाको निर्देशन दिन वा त्यसलाई प्रोत्साहन गर्न भूमिका खेलेको ठहर गरेको हो। उक्त आन्दोलनलाई ‘जुलाई विद्रोह’का नामले समेत चिनिन्छ। तीन सदस्यीय न्यायाधिकरण (आईसीटी–२) ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम