: फोहोर फाल्ने ठाउँ (डस्टबिन) नभेटिएसम्म आफ्नो फोहोर आफैंसँग राख्नु। शरीरमा देखिने ट्याटु ढाक्नु। लाइनमा व्यवस्थित भएर बस्नु। इयरफोनको प्रयोग गर्नु, सार्वजनिक ठाउँमा ठूलो आवाजमा संगीत नबजाउनु र अपरिचित व्यक्तिलाई अँगालो नहाल्नु वा नछुनु।
एसियाली खेलकुदका लागि नागोया आइपुगेका भारतीय खेलाडीहरूलाई जापानी शिष्टाचार र नियमबारे ब्रिफिङ गराइएको छ। भारतीय खेलकुद प्राधिकरण (एसएआई) ले खेलाडीहरूसँग साझा गरेको भिडियोमा भनिएको छ, ‘तपाईंहरू खेलाडीका रूपमा मात्र जापान गइरहनुभएको छैन, भारतको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। नियमको पालना गर्नुहोस्, मानिसहरू र स्थानीय संस्कृतिको सम्मान गर्नुहोस्।’
डेपुटी सेफ दि मिसन तथा टेबलटेनिसका दिग्गज खेलाडी अचन्त शरथ कमलका अनुसार यस पटक सांस्कृतिक संवेदनशीलतामा विशेष जोड दिइएको छ।
‘व्यवहार, पोसाक र फोहोर व्यवस्थापनका मामिलामा जापान अत्यन्तै कडा छ। त्यहाँ डस्टबिनहरू धेरै कम छन्, तर तपाईं जहाँतहीँ फोहोर फाल्न पाउनुहुन्न। डस्टबिन नभेटिएसम्म फोहोर आफैंले बोकेर हिँड्नुपर्छ,’ शरथले स्पोट्र्सस्टारसँग भने।
खेलाडीहरूलाई यौन उत्पीडन र दुव्र्यवहारका विषयमा पनि सचेत गराइएको छ। ‘यसमा कुनै छुट हुने छैन। कुनै पनि कारणले कसैलाई पनि अनुमतिबिना छुन पाइँदैन,’ उनले थपे।
तयारी आवासको स्तर अनुसार व्यवस्था गरिएको छ। केही खेलाडीहरू सिपमेन्ट कन्टेनर र क्रुज जहाजमा बस्नेछन्। बेंगलोर, पटियाला र अन्य ठाउँका राष्ट्रिय प्रशिक्षण केन्द्रहरूमा सीमित स्थानको अनुभव पहिले नै होस् भनेर नमुना संरचनाहरू तयार
पारिएका थिए।
तयारीका क्रममा तीन पटक नागोया पुगिसकेका शरथका अनुसार गत वर्षको पहिलो भ्रमणको तुलनामा अहिले परिस्थिति निकै फेरिएको छ। ‘गत वर्ष ४० डिग्री तापमान र सफा आकाश थियो। यस वर्ष भने टाइफुन (आँधी) आएको छ... केही दिनअघि मात्रै बाढी आएको थियो,’ उनले भने।
यस पटकको खेलकुद व्यवस्थापकीय (लजिस्टिक) दृष्टिले पनि चुनौतीपूर्ण हुनेछ। हान्झाउमा जस्तै सबै प्रतियोगिताहरू एकै ठाउँमा केन्द्रित नभई नागोयामा खेल स्थल र बसाइ व्यापक क्षेत्रमा फैलिएका छन्। उदाहरणका लागि, हक्की खेल स्थल नजिकै रहनेछ, जुन पुनः प्रयोगमा ल्याइएको खेलकुद गाउँ (गेम्स भिलेज) बाट करिब ९० मिनेटको दूरीमा छ।
यसै कारण भारतले डाक्टर र फिजियोथेरापिस्टहरूलाई विभिन्न स्थानमा खटाउँदै चिकित्सा सहयोगलाई विकेन्द्रित गरेको छ। साथै, हलाल खाना र दाल–भात जस्ता साधारण भारतीय परिकारको निरन्तर उपलब्धता सुनिश्चित गरिएको छ भने खेलाडीहरू बस्ने होटल नजिकका भारतीय रेस्टुरेन्टहरूको सूची पनि तयार पारिएको छ।
आयोजकहरूले सुरुमा १२ह१८ फिटको प्रति कन्टेनरमा चार जना खेलाडी राख्ने योजना बनाएका थिए। तर भारत र अन्य देशहरूको आपत्तिपछि त्यसलाई घटाएर दुई जना बनाइएको छ। बक्सिङको तौल नाप्ने (वे–इन) कार्यक्रम पनि टोली बसेको होटलमै सारिएको छ।
–द हिन्दु