मुख्य समाचार
आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदै
आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदै

: कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको हो।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ। यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टीको जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनले स्पष्ट पारे। प्रधानमन्त्रीले विपत् व्यवस्थापनका विषयमा बेवास्ता नगरेको सभापति लामिछानेले बताए। प्रधानमन्त्री निरन्तर बैठकमा सहभागी भइरहेको र स्थानीय राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग ...
: नेपाल टेलिकमको पोलबाट तार चोरी गरेको आरोपमा डिस होममा काम गर्ने तीन कर्मचारी पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँबाट उनीहरूले तार चोरेको आरोप छ। पक्राउ पर्नेमा भोजपुर टेम्केमैयुङ स्थायी घर भएका कुमार भुजेल, काभ्रेपलान्चोक चौरीदेउरालीका रविन्द्र बिक र सिन्धुपाल्चोक मेलम्चीका सागर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका प्रहरी नायब ...
: नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार ...
: भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० र १४ गते आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण ...
: जेन–जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झन्डै दुईतिहाइ बहुमतसहित रास्वपा सत्तामा पुग्यो । त्यसपछि ‘पुराना र नयाँ’ बीचको द्वन्द्वले राजनीतिक तिक्तता बढाएको थियो । दलहरू एउटै मञ्च सेयर गर्न पनि आनाकानी गर्थे । तर, भोटेकोशी बाढीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँ उभिएका छन् । राहत र उद्धारका लागि मिलेर काम गर्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम