: काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ। बुधबार बिहानै लामो समयदेखि धर्नामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएपछि उक्त सडक सूचारु भएको हो।
सडकमा नै टेन्ट राखेर निरन्तर धर्ना दिदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दिउँसोको समयमा आन्दोलन गर्न कुनै अवरोध नहुने स्पष्ट पारेको छ। रातको समयमा भने सो स्थानमा नबस्न आग्रह गर्दै प्रहरीले माइकिङ समेत गरेको थियो।
माइतिघरको भित्रि सडक खण्डमा दिनरात नै आन्दोलनकारीको उपस्थीतिका कारण सो सडकखण्ड अवरुद्ध हुँदै आएको छ।