मुख्य समाचार
लामो समयदेखि तुलनात्मक रूपमा सुस्त रहेको यमन युद्ध फेरि पूर्ण सैन्य टकरावतर्फ उन्मुख भएको संकेत
लामो समयदेखि तुलनात्मक रूपमा सुस्त रहेको यमन युद्ध फेरि पूर्ण सैन्य टकरावतर्फ उन्मुख भएको संकेत

: यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको संघर्ष पुनः चर्किएको छ, रणनीतिक महत्त्वको ताइज क्षेत्रमा भीषण भिडन्त हुँदा लामो समयदेखि तुलनात्मक रूपमा सुस्त रहेको यमन युद्ध फेरि पूर्ण सैन्य टकरावतर्फ उन्मुख भएको संकेत देखिएको छ ।

पछिल्लो दुई हप्तामा ताइज, पश्चिमी तट, अल–जौफ, मारिब र धालेआमा भएको लडाइँमा कम्तीमा १ सय ९४ जनाको मृत्यु र ८ सय ८० जना घाइते भएको सहायता संस्थाहरूले जनाएका छन् । सरकारी सेनाका अनुसार ताइजका विभिन्न मोर्चामा हुथीको अग्रसरतालाई रोक्दै सेनाले पश्चिमी ताइजतर्फ दबाब बढाएको छ।

यमनी सेनाले शनिबार ताइज र अल–हुदैदाहमा धेरै ‘रणनीतिक’ स्थानहरू पुनः कब्जा गरेको दाबी गरेको छ। सेनाले ताइज र पश्चिमी तटमा हुथीका स्थानहरूमा १५ वटा हवाई आक्रमण गरेको पनि जनाएको छ। ताइजलाई यमनको प्रमुख रणनीतिक गेट मानिन्छ, जसले भित्री क्षेत्रलाई तटसँग जोड्छ।

यसैबीच हुथी विद्रोहीले साउदी अरबमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। हुथी पक्षले सोमबारको विज्ञप्तिमा साउदीको खमिस मुसैतस्थित किङ खालिद एयरबेसका विमान ह्याङर, रडार, धावनमार्ग र हतियार भण्डारलाई लक्षित गरेको जनाएको छ। हुथीले यो आक्रमण साउदीले पाँच दिनमा यमनभर तीन सयभन्दा बढी हवाई आक्रमण गरेको प्रतिक्रियास्वरूप भएको बताएको छ।

साउदी नागरिक सुरक्षा निकायले आभा र खमिस मुसैत क्षेत्रका लागि चेतावनी जारी गरे पनि केही समयमै हटाएको थियो। पछिल्ला दिनहरूमा दक्षिणी साउदीका आभा, जाजान, नजरान र खमिस मुसैतमा भएका आक्रमणमा ७३ जनाभन्दा बढी सर्वसाधारण घाइते भएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत हुथीको सीमापार आक्रमणले सर्वसाधारण र ऊर्जा पूर्वाधारमा असर परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

हुथीले मोचा बन्दरगाह नियन्त्रणमा लिएर बाब अल–मन्देब जलमार्गमा आफ्नो पकड बलियो बनाएपछि लालसागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र साउदी तेल निर्यात थप संवेदनशील बनेको छ, यो जलमार्गले विश्वको करिब १२ प्रतिशत व्यापार धान्छ भने आईओएमका अनुसार सेप्टेम्बर सुरुदेखि मात्र ८२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् र २ हजारभन्दा बढी यमनी जिबुतीतर्फ पलायन भएका छन्।

यमनमा वर्षौंदेखि जारी युद्धले लाखौंलाई मानवीय संकटमा धकेलेको छ। ताइजमा सरकारी सेनाको प्रतिआक्रमण र साउदीमाथि हुथीको हमलाको दाबीले युद्ध नयाँ र थप खतरनाक चरणमा प्रवेश गरेको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट)ले नेपालको भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन अभियान थालेका छन् । अमेरिकी युट्युबर, उद्यमी तथा परोपकारी डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितका लागि आफूहरूले लाखौं डलरको राहत रकम संकलन गरिरहेको जनाउँदै अभियानमा सहयोग गर्न विश्वभरका मानिसलाई आग्रह गरेका छन् । ‘यतिबेला नेपालका विपद् प्रभावितलाई सहयोगको खाँचो छ । ...
। मङ्गलबार राति अमेरिकाको च्याट्सवर्थ स्थित सान फर्नान्डो भ्यालीमा एनबीसी लस एन्जलसको एउटा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। लस एन्जलसका अग्निनियन्त्रकहरूका अनुसार यो घटना मङ्गलबार बेलुकी भएको हो। एन. म्यासन एभिन्युको ९१०० ब्लकमा रहेका दुई व्यावसायिक भवनहरूको बिचमा हेलिकप्टर खसेको हो। हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर र पार्क गरिएका केही गाडीहरूमाथि ...
। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स रूसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। यो प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशहरूमाथि १०० प्रतिशत महसुल लगाउने अधिकार दिनेछ। यसरी अतिरिक्त शुल्क लाग्न सक्ने देशहरूको सूचीमा भारत पनि समावेश छ। यो विधेयकलाई ‘लिन्डेसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ ...
गाजामा इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त एउटा आवासीय भवन भत्किँदा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना बालबालिका र केही महिला पनि समावेश छन् । प्यालेस्टाइनी सुरक्षा निकायका अनुसार बुधबार ६ तले भवन भत्किएको हो । भवनको भग्नावशेषमा दर्जनौं मानिस पुरिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भग्नावशेषमुनिबाट बालबालिकाले सहयोगका लागि चिच्याएको आवाज समेत सुनिन्छ ...
: रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी विधेयकप्रति भारतले कडा आपत्ति जनाएको छ। अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रजेन्टेटिभ्स) मा बिहीबार यस विधेयकमाथि मतदान हुँदै छ। सिनेटबाट ८६-११ को भारी बहुमतले पारित भइसकेको यो विधेयक तल्लो सदनबाट स्वीकृत भएमा अन्तिम हस्ताक्षरका लागि राष्ट्रपतिका टेबलमा पुग्नेछ। यसैबीच भारतीय परराष्ट्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम