मुख्य समाचार
वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद
वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद

: वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित वास्तु बिहार चोक नजिक सडकमा बुधबार साँझ रोकेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्रबाट सशस्त्र प्रहरीले ४ थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले सिक्सर पेस्तोल २ थान, कटुवा पेस्तोल २ थान र एसएलआरको गोली ६ राउन्ड बरामद गरेको हो।

बरामद पेस्तोल र गोलीसहित उक्त कार नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त कार कस्ले र किन त्यहाँ रोकेर राखेको तथा गोलीगठ्ठा कस्ले र किन ल्याएको हो भन्ने बारेमा सशस्त्र प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टीको जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनले स्पष्ट पारे। प्रधानमन्त्रीले विपत् व्यवस्थापनका विषयमा बेवास्ता नगरेको सभापति लामिछानेले बताए। प्रधानमन्त्री निरन्तर बैठकमा सहभागी भइरहेको र स्थानीय राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग ...
: नेपाल टेलिकमको पोलबाट तार चोरी गरेको आरोपमा डिस होममा काम गर्ने तीन कर्मचारी पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँबाट उनीहरूले तार चोरेको आरोप छ। पक्राउ पर्नेमा भोजपुर टेम्केमैयुङ स्थायी घर भएका कुमार भुजेल, काभ्रेपलान्चोक चौरीदेउरालीका रविन्द्र बिक र सिन्धुपाल्चोक मेलम्चीका सागर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका प्रहरी नायब ...
: नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार ...
: भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० र १४ गते आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण ...
: जेन–जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झन्डै दुईतिहाइ बहुमतसहित रास्वपा सत्तामा पुग्यो । त्यसपछि ‘पुराना र नयाँ’ बीचको द्वन्द्वले राजनीतिक तिक्तता बढाएको थियो । दलहरू एउटै मञ्च सेयर गर्न पनि आनाकानी गर्थे । तर, भोटेकोशी बाढीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँ उभिएका छन् । राहत र उद्धारका लागि मिलेर काम गर्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम