मुख्य समाचार
नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल
नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल

: नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली चीनको पुलान काउन्टी पुगेको छ।

चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन हुने सीमा वार्तामा सहभागी हुन टोली त्यहाँ पुगेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए। उनका अनुसार चार दिनसम्म चल्ने वार्तामा भन्सार, अध्यागमन, सीमा सुरक्षा तथा सीमासँग सम्बन्धित विभिन्न विषयमा दुई पक्षबीच छलफल हुनेछ।

बाढीपहिरोका कारण दार्चुलाको टोली भने वार्तामा सहभागी हुन नसकेको बताउँदै हुम्लाबाट प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नन्दबहादुर साउद तथा चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी छन्। त्यस्तै, बझाङबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोरा, चीनसँग सीमा जोडिएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा तथा सशस्त्र प्रहरी बलका प्रमुख उज्ज्वल लामिछाने लगायतको सहभागिता रहेको छ। टोली असोज १ गते हुम्ला फर्किने कार्यक्रम छ।




सीमा वार्ताको अवसर पारेर हुम्लाको नाम्खा गाउँपालिका र चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत आली प्रिफेक्चरको पुलान काउन्टीबीच भगिनी सम्बन्ध स्थापना गर्ने आशयपत्रमा हस्ताक्षर भएको छ। नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले आशयपत्रमा हस्ताक्षर गरेका हुन्।
दुई छिमेकी क्षेत्रबीच आपसी मित्रता, सद्भाव, सांस्कृतिक आदानप्रदान तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आशयपत्रमा हस्ताक्षर गरिएको अध्यक्ष लामाले बताए। यस समझदारीले कृषि, पशुपालन, पर्यटन, संस्कृति तथा अन्य साझा हितका क्षेत्रमा सहकार्यका नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

कर्णाली करिडोरको हुम्ला खण्ड अवरुद्ध
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै आसपासका बालीनालीमा समेत क्षति पुगेको छ। सर्केगाड–१ जैरका स्थानीय खगेन्द्र धामीका अनुसार बिहान करिब तीन घण्टा लगातार भएको वर्षापछि थाहा ज्युलोमा बाढी पसेर खेतीयोग्य जमिनको बालीनाली नष्ट भएको छ। सर्केगाड खोलामा पानीको बहाव बढ्दा सर्केगाड बजार क्षेत्र तथा आसपासमा समेत क्षति पुगेको स्थानीय व्यापारी लक्ष्मण फडेराले बताए। माथिबाट ढुंगा, माटो र लेदो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक जगदीशकुमार ऐरले जानकारी दिए।

लगातारको वर्षापछि कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन्। चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक शूरवीर शाहीका अनुसार सडक अवरुद्ध हुँदा दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउने–जाने यात्रुहरू बढी प्रभावित भएका छन्। वर्षायाममा पहिरोले करिडोर पटक–पटक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ। भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा बुधबार चिलिमे हाइड्रोको सुरुङमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एउटा मानव अंग फेला परेको हो। गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव तथा मानव अंग फेला पारेको नेपाली सेनाले ...
: नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ। मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीनवटा ट्यांकरमा ल्याइएको डिजल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो। निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टीको जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनले स्पष्ट पारे। प्रधानमन्त्रीले विपत् व्यवस्थापनका विषयमा बेवास्ता नगरेको सभापति लामिछानेले बताए। प्रधानमन्त्री निरन्तर बैठकमा सहभागी भइरहेको र स्थानीय राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग ...
: नेपाल टेलिकमको पोलबाट तार चोरी गरेको आरोपमा डिस होममा काम गर्ने तीन कर्मचारी पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँबाट उनीहरूले तार चोरेको आरोप छ। पक्राउ पर्नेमा भोजपुर टेम्केमैयुङ स्थायी घर भएका कुमार भुजेल, काभ्रेपलान्चोक चौरीदेउरालीका रविन्द्र बिक र सिन्धुपाल्चोक मेलम्चीका सागर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका प्रहरी नायब ...
: नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम