मुख्य समाचार
नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ
नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ

: नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ। मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीनवटा ट्यांकरमा ल्याइएको डिजल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो।

निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी सेवाको लु २ ख १५४४ नम्बरको ट्यांकरबाट डिजल चोरी गरिरहेको अवस्थामा रंगेहात फेला परेको थियो भने त्रिमुर्ति ट्रान्सपोर्ट प्रालिको लु १ ख ६६१९ नम्बर ट्यांकर सराफ आयल स्टोर्समा डिजल निकालेर भागेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

निगमको डिजल चोरीमा संग्लन सराफ आयल स्टोर्स, ट्यांकर र ट्यांकरका चालक तथा सह-चालकहरूलाई कारबाही गरिएको निगमको प्रादेशिक कार्यालयले जनाएको छ।

निगमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सराफ आयल स्टोर्सलाई अनाधिकृत रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गरेकोमा एक लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म आपूर्ति बन्द गर्ने कारवाही गरिएको छ । त्यस्तै संग्लन तीनवटै ट्यांकरलाई तीन महिनाका लागि निलम्बन कारवाही गरिएको छ ।

यस्तै उक्त ट्यांकरहरुका चालक तथा सह-चालकहरुलाई निगमको कुनै पनि डिपो/कार्यालयमा आजिबन प्रवेश निषेध तथा निगमको करार सम्झौतामा संचालनमा रहेको ट्यांकर चलाउन नपाउने गरी कारबाही गरिएको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले जनाएको छ।

त्यस्तै ट्यांकरहरुका चालक, सहचालक र पम्प संचालकविरुद्ध आवश्यक कारवाही प्रक्रिया बढाउन प्रहरी कार्यालयमा जाहेरी दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक-इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई ...
: संविधान संशोधनसम्बन्धी प्रतिनिधिसभा नियमावलीका दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त नियमावली कार्यान्वयनमा रोक लगाएको हो। नेपाली कांग्रेसकी राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्तसमेतले संघीय संसद् सचिवालयविरुद्ध दायर गरेको रिटमा अदालतले ...
: रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले 'उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई नियन्तरण दिने निर्णय गरेको छ। रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकले विपद्पछि सुरु भएको सर्वदलीय बैठकलाई अब संसद्मा रहेका र नरहेका मुख्य राजनीतिक दलहरू समेत समेटेर ’उच्चस्तरीय राजनीतिक संयन्त्र का रूपमा निरन्तरता दिने निर्णय गरेको हो। बैठकले प्रतिनिधिसभामा एक हप्ताभित्र संसदीय विशेष ...
: चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ। भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा बुधबार चिलिमे हाइड्रोको सुरुङमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एउटा मानव अंग फेला परेको हो। गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव तथा मानव अंग फेला पारेको नेपाली सेनाले ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टीको जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनले स्पष्ट पारे। प्रधानमन्त्रीले विपत् व्यवस्थापनका विषयमा बेवास्ता नगरेको सभापति लामिछानेले बताए। प्रधानमन्त्री निरन्तर बैठकमा सहभागी भइरहेको र स्थानीय राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम