मुख्य समाचार
सर्वदलीय बैठकले 'उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई नियन्तरण दिने निर्णय
सर्वदलीय बैठकले 'उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई नियन्तरण दिने निर्णय

: रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले 'उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई नियन्तरण दिने निर्णय गरेको छ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकले विपद्पछि सुरु भएको सर्वदलीय बैठकलाई अब संसद्मा रहेका र नरहेका मुख्य राजनीतिक दलहरू समेत समेटेर ’उच्चस्तरीय राजनीतिक संयन्त्र का रूपमा निरन्तरता दिने निर्णय गरेको हो।

बैठकले प्रतिनिधिसभामा एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई औपचारिक आग्रह गर्ने निर्णय गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ महासभा भ्रमणमा नेपालका तर्फबाट जलवायु न्यायसम्बन्धी आवाज कसरी सशक्त बनाउने भन्नेबारे विभिन्न राजनीतिक दलका नेताहरूले सुझाव दिएको उनले बताए। विभिन्न दलका नेताहरूले उठाएका विषय र दिएका सुझावलाई सरकार तथा रास्वपाले गम्भीर रूपमा लिँदै आत्मसात् गर्ने प्रवक्ता खरेलले बताए।

त्यस्तै बैठकपछि कांग्रेस सभापति गगन कुमार थापाले संसदीय विशेष समितिको कार्यअवधि ३ महिनाको प्रस्ताव गरिएको र सरकारले गरिरहेको खोज, उद्धार तथा राहत कार्यको अनुगमन गरी कार्यक्षेत्र तोकिने गरी छलफल भएको बताए।

उनले समितिले तयार पार्ने प्रतिवेदन र कामलाई प्रधानमन्त्रीले सुरुदेखि नै गम्भीरतापूर्वक लिनुपर्ने र यसलाई बेवास्ता गर्ने अवस्था आउन नदिन सत्तापक्षका सभापतिमार्फत प्रधानमन्त्रीलाई समन्वय गर्न आग्रह गरिएको बताए।

त्यस्तै नेकपाका सह-संयोजक माधवकुमार नेपालले रास्वपा सभापति रवि लामिछानेको पहलमा सुरु भएको सर्वदलीय बैठकलाई एउटा स्थायी 'सर्वदलीय राजनीतिक संयन्त्र’ का रूपमा निरन्तरता दिने र यसको समय-समयमा बैठक आयोजना गर्ने सहमति भएको बताए। राहत वितरण र अनुगमन प्रभावकारी नभएको, वास्तविक पीडितको सही तथ्यांक नभएको र सरकार यस कार्यमा पछि परेको विषयमा आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए।

सहसंयोजक नेपालले विपद् र जलवायु संकटका विषयमा प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठक डाकेर, दलहरूसँग परामर्श गरी विज्ञहरूको रायसहित राष्ट्रिय धारणा बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए। बैठकमा कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेत्री पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेता सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक-इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई ...
: संविधान संशोधनसम्बन्धी प्रतिनिधिसभा नियमावलीका दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त नियमावली कार्यान्वयनमा रोक लगाएको हो। नेपाली कांग्रेसकी राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्तसमेतले संघीय संसद् सचिवालयविरुद्ध दायर गरेको रिटमा अदालतले ...
: चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ। भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा बुधबार चिलिमे हाइड्रोको सुरुङमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एउटा मानव अंग फेला परेको हो। गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव तथा मानव अंग फेला पारेको नेपाली सेनाले ...
: नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ। मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीनवटा ट्यांकरमा ल्याइएको डिजल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो। निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टीको जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनले स्पष्ट पारे। प्रधानमन्त्रीले विपत् व्यवस्थापनका विषयमा बेवास्ता नगरेको सभापति लामिछानेले बताए। प्रधानमन्त्री निरन्तर बैठकमा सहभागी भइरहेको र स्थानीय राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम