मुख्य समाचार
काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ
काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ

। काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ परेका छन्। काठमाडौं नापी कार्यालय डिल्ली बजार ३ नम्बर टोली माछापोखरी काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन्।

सेवाग्राहीलाई अनावश्यक हैरानी दिई घुस मागिरहेको उजुरीपछि घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका-५ को सुन्धारा चोकमा रहेको एक रेस्टुरेन्टबाट अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।उनीविरुद्ध विशेष अदालतको अनुमतिमा घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए । कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्यावको मेसिन जडान भएको दुई ...
। रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर समितिको सदस्य संख्या, कार्यावधि र कार्यक्षेत्रबारे भने बिहीवारको छलफलमा सहमति जुट्न सकेन । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार, बिहीबार बसेको सर्वदलीय बैठकले विपद्सँग सम्बन्धित राहत तथा उद्धारको ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक कुमार चौधरीले सर्पदंशको उपचारका लागि सरकारले लगानी बढाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सर्पले उमेर हेरेर डस्दैन । विषले उमेर हेरेर असर गर्दैन । तर उपचारको ढोका उमेरका आधारमा बन्द हुन्छ भने हामीले त्यसलाई सामान्य रूपमा लिन मिल्दैन’ उनले भने । इटहरीस्थित नेपाली सेनाले ...
। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुनबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिगदेल र रक्षामन्त्री जुनबीच बुधबार औपचारिक भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । त्यसैगरी प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबार गेटअगाडि भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै विरोध जनाएका हुन् । महामन्त्री आचार्यले सुरुमा ‘म तिम्रो कुरासँग असहमत हुनसक्छु । तर, तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम साससम्म लडिरहनेछु’ भन्ने फ्रान्सेली लेखक, दार्शनिक र विचारक भोल्तेयरको भनाइ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम