मुख्य समाचार
श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध
श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध

। श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् ।

विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत श्रीलंकाली स्टारलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो । असलंकाले बायाँहाते ब्याटिङ र दायाँहाते अफब्रेक बलिङ गर्ने गर्छन् ।

२९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १,४६६ रन बनाएका छन् । उनले सोही क्रममा ७ विकेट पनि लिएका छन् ।

समग्र टी–२० क्रिकेटमा उनको अनुभव अझ प्रभावशाली छ । असलंकाले १८५ खेलमा ३,७१५ रनका साथै ३७ विकेट आफ्नो नाममा गरेका छन् ।

उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र यूएईको इन्टरनेशनल लिग टी–२० जस्ता प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् ।

विराटनगरले यसअघि दोस्रो संस्करणमा फाफ डुप्लेसीलाई भित्र्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नैपर्ने खेलमा खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २५-१२ ले गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो । यद्यपी दोस्रो सेटमा नेपाल २५-२१ ले ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी गरेको छ । एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव किरण राईले आफूहरू फिफाबाट निलम्बित भएको तर बर्खास्त नभएको बताएका हुन् । ‘फिफाले पंकजविक्रम नेम्बाङको कमिटीलाई आधिकारिक मान्छ । त्यस हिसाबले हामी निलम्बित हो, बर्खास्त होइन । कुराकानी हुन्छ’ उनले ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार पत्रकार सम्मेलनमा एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन् । ‘भोलिसम्म सरकारबाट सकारात्मक कुरा आयो भने साफमा सहभागिता जनाउन ...
: नेपालले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल र बंगलादेशबीच टी-२०आइ सिरिज हुने जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता नेपालमै आयोजना हुने जानकारी दिएका छन्। क्यानका अनुसार नेपाल र बंगलादेशको खेल चैत १२, १४ र १६ गते आयोजना हुनेछ। क्यानका सचिव खड्काले नेपाल र बंगलादेशबीचको ...
। जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा हार बेहोरेको छ । नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो । एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियाको शीर्षस्थानमा रहेको जापानसामू नेपाल निरीह देखिएको थियो । नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ । यदि उक्त ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम