मुख्य समाचार
रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ
रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ

। ‎सप्तरीको राजविराजमा रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

‎पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन् ।

सप्तरी प्रहरीका अनुसार गत भदौ २० गते कृष्ण जन्माष्टमीका अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रामा सहभागी राजविराज–१ बस्ने ३५ वर्षीय रोकी झाले घाँटीमा लगाएको २६.२४० ग्रामको सुनको सिक्री चोरी भएको थियो ।

‎‎उक्त घटनापछि फरार रहेका रायलाई खोजतलास गर्ने क्रममा भदौ २९ गते बारा जिल्लाको बारागढी गाउँपालिका–३ सिपुरा टोलबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

‎‎पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई झाको जाहेरीका आधारमा चोरी मुद्दा दर्ता गरिएको छ । सप्तरी जिल्ला अदालतबाट २९ गतेदेखि नै लागुहुने गरी ५ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीय यमबहादुर महत क्षेत्री रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ छोरीको घरतर्फ जाने क्रममा ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा चिप्लिएर खसेका थिए । घरदेखि करिब ८०० मिटर टाढा रहेको नहरमा खसेका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ...
। १० भदौम रसुवा भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण ...
। जिल्ला प्रहरी कार्यालयबाट फरार भएका ठगीसम्बन्धी कसुरका अभियुक्त पक्राउ परेका छन् । ठगी तथा बैंकिंग कसुरका झण्डै दर्जन मुद्दाका अभियुक्त कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुलीलाई प्रहरीले काठमाडौंको विजुली बजार स्थित धोवीखोला पुलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका र अपराध महाशाखाको टोलिले पक्राउ गरेको महोत्तरी प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर ...
। स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी जीवनमा कहिलेकाहीँ ठेस लाग्ने भन्दै बोल्दैगर्दा भएका तिखा टिप्पणीलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘मैले कहिलेकाहीँ बोल्दैगर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम