मुख्य समाचार
अमेरिकी नौसेनाविरुद्ध आक्रमण गर्न इरानले एआई प्रयोग गरेको दाबी
अमेरिकी नौसेनाविरुद्ध आक्रमण गर्न इरानले एआई प्रयोग गरेको दाबी

। सीबीएस न्यूजले एउटा विशेष रिपोर्ट प्रकाशित गर्दै अमेरिकाविरुद्धको युद्धमा इरानसँग जोडिएको एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयास गरेको रिपोर्टमा उल्लेख छ।

उक्त समूहले नौसेनालाई निशाना बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको थियो।उनीहरूले यसका लागि अमेरिकामै विकसित एआईको प्रयोग गरेका थिए।




यो रिपोर्ट एन्थ्रोपिक नामको कम्पनीले गएको हप्ता सार्वजनिक गरेको थियो। एन्थ्रोपिकले उक्त समूहको पहिचान भने खुलाएको छैन। कम्पनीले सो समूहलाई “खतरा पैदा गर्ने संगठन” संज्ञा दिएको छ।

समूहले इन्टरनेटबाट सार्वजनिक जानकारी संकलन गर्न क्लाउड-बेस्ड एआईको प्रयोग गरेको थियो।उनीहरूले एआईको माध्यमबाट अमेरिकी नौसेनाको स्थिति पत्ता लगाउने काम गरेका थिए। उनीहरूले सम्भावित लक्ष्यहरूको बारेमा सुझाव लिन पनि एआईको प्रयोग गरेका थिए।



एन्थ्रोपिकले यो गतिविधिमा संलग्न एकाउन्टलाई ब्लक गरिदिएको छ।कम्पनीले यो खतरा रोक्न अमेरिकी सरकारलाई आवश्यक जानकारी उपलब्ध गराएको छ। विशेषज्ञहरूले यस्ता घटनाहरू अझ बढाउन सक्ने बताएका छन्।

अमेरिकाका विरोधीहरूले सैन्य अभियानलाई अघि बढाउन एआईको प्रयोग गरिरहेका छन्।एन्थ्रोपिकको निष्कर्ष इरानको रणनीतिक उद्देश्यसँग मिल्दो रहेको विशेषज्ञहरूले बताएका छन्। इरानले अमेरिका र इजरायलसँगको संघर्षमा प्रविधिको प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाले विदेशी विद्यार्थी तथा अस्थायी आप्रवासीका लागि भिसा नियम थप कडा बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययन गर्न जाने अधिकांश विदेशी विद्यार्थीले आफ्नो पति–पत्नी, पार्टनर तथा सन्तानलाई आफूसँगै लैजान नपाउने भएका छन् । अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार (१७ सेप्टेम्बर)मा आप्रवासनसम्बन्धी सुधार सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । नयाँ व्यवस्थाले ...
। सीबीएस न्यूजले एउटा विशेष रिपोर्ट प्रकाशित गर्दै अमेरिकाविरुद्धको युद्धमा इरानसँग जोडिएको एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयास गरेको रिपोर्टमा उल्लेख छ। उक्त समूहले नौसेनालाई निशाना बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको थियो।उनीहरूले यसका लागि अमेरिकामै विकसित एआईको प्रयोग गरेका थिए। यो रिपोर्ट एन्थ्रोपिक नामको कम्पनीले गएको हप्ता सार्वजनिक गरेको थियो। एन्थ्रोपिकले उक्त समूहको पहिचान ...
। विश्वभर अझै पनि अर्बौँ मानिसहरूसँग स्वच्छ पिउने पानीको पहुँच छैन। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार २.२ अर्ब मानिसहरूसँग सुरक्षित पिउने पानीको सुविधा छैन। क्यालिफोर्नियादेखि मध्यपूर्वसम्मका क्षेत्रहरू समुद्री पानीलाई पिउने पानीमा बदल्न डिसालिनेसन प्लान्टहरूमा निर्भर भइरहेका छन्। डिसालिनेसनले पानीको आपूर्ति त गराउँछ, तर यसका पुराना विधिहरूका ठूला हानीहरू छन्। रिभर्स ओस्मोसिस र थर्मल डिस्टिलेसन जस्ता विधिहरूले धेरै ...
: यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको संघर्ष पुनः चर्किएको छ, रणनीतिक महत्त्वको ताइज क्षेत्रमा भीषण भिडन्त हुँदा लामो समयदेखि तुलनात्मक रूपमा सुस्त रहेको यमन युद्ध फेरि पूर्ण सैन्य टकरावतर्फ उन्मुख भएको संकेत देखिएको छ । पछिल्लो दुई हप्तामा ताइज, पश्चिमी तट, अल–जौफ, मारिब र धालेआमा भएको लडाइँमा कम्तीमा १ सय ९४ जनाको मृत्यु र ...
। विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट)ले नेपालको भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन अभियान थालेका छन् । अमेरिकी युट्युबर, उद्यमी तथा परोपकारी डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितका लागि आफूहरूले लाखौं डलरको राहत रकम संकलन गरिरहेको जनाउँदै अभियानमा सहयोग गर्न विश्वभरका मानिसलाई आग्रह गरेका छन् । ‘यतिबेला नेपालका विपद् प्रभावितलाई सहयोगको खाँचो छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम