मुख्य समाचार
नहरमा डुबेर एक वृद्धको मृत्यु
नहरमा डुबेर एक वृद्धको मृत्यु

। स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीय यमबहादुर महत क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ छोरीको घरतर्फ जाने क्रममा ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा चिप्लिएर खसेका थिए । घरदेखि करिब ८०० मिटर टाढा रहेको नहरमा खसेका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौम रसुवा भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण ...
। जिल्ला प्रहरी कार्यालयबाट फरार भएका ठगीसम्बन्धी कसुरका अभियुक्त पक्राउ परेका छन् । ठगी तथा बैंकिंग कसुरका झण्डै दर्जन मुद्दाका अभियुक्त कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुलीलाई प्रहरीले काठमाडौंको विजुली बजार स्थित धोवीखोला पुलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका र अपराध महाशाखाको टोलिले पक्राउ गरेको महोत्तरी प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर ...
। स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी ...
। ‎सप्तरीको राजविराजमा रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ‎पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन् । सप्तरी प्रहरीका अनुसार गत भदौ २० गते कृष्ण जन्माष्टमीका अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रामा सहभागी राजविराज–१ बस्ने ३५ वर्षीय रोकी ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी जीवनमा कहिलेकाहीँ ठेस लाग्ने भन्दै बोल्दैगर्दा भएका तिखा टिप्पणीलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘मैले कहिलेकाहीँ बोल्दैगर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम