मुख्य समाचार
रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख दलका नेताहरुको बैठक निष्कर्षविहीन
रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख दलका नेताहरुको बैठक निष्कर्षविहीन

: रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख दलका नेताहरुको बैठक निष्कर्षविहीन भएको छ।

संसदीय विशेष समिति गठन गर्ने बिषयमा रास्वपा दलका उपनेता गणेश पराजुलीको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्यामा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो।

बैठकमा प्रतिपक्षी दलका नेताहरुले संयुक्त बैठक नियमावली अनुसार राष्ट्रिय सभालाई समेत समेटेर सबैको अपनत्व हुने गरी सानो आकारको संयुक्त समिति गठन गर्न प्रस्ताव गरेका थिए। सत्तारूढ दलका तर्फबाट दलहरूको सङ्ख्यात्मक हैसियतका आधारमा प्रतिनिधित्व हुनुपर्ने अडान आएपछि बैठक निष्कर्षविहीन बनेको कांग्रेस सचेतक निश्कल राईले बताए।


उनले समितिको संयोजक र स्वरूपको विषयलाई पुनः उच्चस्तरीय संयन्त्रमै छाड्ने र अर्को बैठक चाँडै बोलाउने समझदारीमा बैठक टुङ्गिएको जानकारी दिए। उनले समिति विशेष परिस्थितिका लागि गठन हुन लागेकाले धेरै लामो समयका लागि नभई सुरुमा ३ महिना को समयसीमा राख्ने र आवश्यकता अनुसार पछि थप गर्न सकिने प्रस्ताव गरिएको समेत बताए।

त्यस्तै एमाले एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले समितिमा रहने सदस्यको सङ्ख्या, समयावधि र कार्यदेशका विषयमा सहमति जुटाउन थप समन्वय र सहकार्य गरी अर्को बैठकमार्फत निष्कर्षमा पुग्ने समझदारी भएको बताइन्। समयावधिका हकमा सुरुमा ३ महिना राखेर नसकिएमा थप गर्ने वा सिधै ६ महिना बनाउने भन्ने दुई मुख्य विकल्पमा छलफल भएको उनले बताइन्।

अर्यालले विपद्पछिको राहत र उद्धारमा देखिएका समस्या, अहिलेसम्म पनि फेला नपरेका शवहरूको खोजी तथा फेला परेका शवहरूको पहिचानको अवस्था अध्ययन गर्ने, प्रभावित क्षेत्रमा भएको आर्थिक व्यवस्थापन र स्थानीय जनताले भोगिरहेका समस्याहरूको स्थलगत अध्ययन गर्ने लगाएतका कार्यदेशमा छलफल भएको जानकारी दिइन्। विपद्को विषयमा सत्तापक्ष र प्रतिपक्ष नभनी विगतका कमजोरीहरू सच्याएर अघि बढ्न समितिले सरकारलाई निगरानी र सहयोग गर्ने उद्देश्य राखेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। सवारीसाधनको चाप बढेसँगै सडकबाट उड्ने धुलोका कारण सडक आसपासका स्थानीय तथा व्यवसायीलाई सास्ती भएको छ। कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका तथा नियमित रूपमा गुड्ने सवारीसाधन सञ्चालनमा आएका हुन्। सवारी आवागमन बढेसँगै सडकमा धुलो उड्ने समस्या पनि बढेको स्थानीय चन्द्रमान ...
: नेपाल एलपी ग्यास उद्योग संघले प्रति सिलिण्डर २०६० मा नबढाएर बिक्री गर्ने व्यवसायीहरुलाई अनुरोध गरेको छ। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तीमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रति सिलिण्डर २१६५.३८ मा बिक्री वितरण गर्न भनेको थियो। तर कृष्णभीरमा ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरी दर्ता भएको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सन्दर्भमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३३ हजार ५ सय १९ उजुरी मध्ये सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत रहेको जनाएको हो ...
: अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। बुधबार भएको भेटवार्तामा नेपाल-जापान आर्थिक सहकार्यका विषयमा छलफल भएको जापानी दूतावासले जनाएको छ। भेटमा जापानले नेपाललाई उपलब्ध गराउँदै आएको आकस्मिक सहायता लगायतका विषयमा समेत छलफल भएको थियो। भेटवार्तामा प्रभावित समुदायलाई समयमै सहयोग उपलब्ध गराउने, आर्थिक पुनरुत्थान तथा दीर्घकालीन उत्थानशीलता कायम गर्ने विषयमा दुवै ...
: सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो। युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिगत लक्ष्यअनुरूप युवा, श्रम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम