: नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ। बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘डी’ मा रहेर ब्राजिल, कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’ मा नेपालसहित ६ टोली रहेका छन्।
nullदक्षिण अमेरिकाबाट ब्राजिल, अफ्रिकाबाट डीआर कंगो र गिनी–बिसाउ तथा उत्तर अमेरिकाबाट एल साल्भाडोर र अफ्रिकाबाट ट्युनिसिया नेपालका प्रतिद्वन्द्वी बनेका छन्। प्रतियोगितामा १९१ राष्ट्रले ३२ वटा समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्।
फिफा यू–१५ विश्वकप तथा फेस्टिभलको पहिलो संस्करण अजरबैजानमा आयोजना हुँदैछ। प्रतियोगिता अक्टोबर २२ देखि ३१ सम्म सञ्चालन हुनेछ।