मुख्य समाचार
रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान सुरू
रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान सुरू

। रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो ।

निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग निश्चित देखिएको बताइएको छ । यस द्वन्द्वमा सयौं हजार मानिसहरूको मृत्यु भएको छ । पुटिन र क्रेमलिनको लामो सैन्य अभियानलाई समर्थन गर्ने दलहरू मात्र दर्ता भएका छन् ।

मस्कोले कब्जा गरेको युक्रेनमा पनि मतदान आयोजना गरेको छ । रुसमा थोरै मानिसहरूले मात्र पुटिनको युनाइटेड रसिया पार्टी फेरि सहजै विजयी हुनेमा शङ्का गर्छन्। तर यो चुनाव क्रेमलिनका लागि युक्रेन युद्धप्रति जनसमर्थन नाप्ने अवसर हो।

यस वर्ष युद्धका प्रभावहरू पहिलेभन्दा बढी घरेलु रूपमा महसुस भएका छन् । लडाइँको गम्भीर स्मरणका रूपमा मस्कोका मेयर सेर्गेई सोब्यानिनले शुक्रबार भनेका छन्, ‘रुसले राजधानीतर्फ आउने दर्जनौं युक्रेनी ड्रोनहरू नष्ट गरेको छ। युक्रेनको स्थानीय समयअनुसार सेप्टेम्बरको १७ साँझ ८ बजेदेखि १८ सेप्टेम्बरको बिहान ७ बजेसम्म मस्को क्षेत्रतर्फ ३५० भन्दा बढी ड्रोन उडेका थिए,’ उनले टेलिग्राममा लेखेका छन्।



आक्रमणका लागि पठाइएका ती अधिकांश ड्रोनहरू बाहिरी रक्षा परिधिमा नष्ट भए र केही ६४ वटा शहर नजिक आइपुग्दा केही निष्कृय गरिएको थियो ।

ड्यूमा अर्थात् रुसको तल्लो सदनका ४५० सिटका लागि नयाँ जनादेश लिन भएको मतदान आइतबारसम्म चल्नेछ ।

नेता पुटिनले सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यादेखि रुसमा शासन गरिरहेका छन् र उनको युनाइटेड रुसिया पार्टीले सन् २००० को दशकको सुरुदेखि रुसी राजनीतिमा प्रभुत्व जमाएको छ । मस्कोले युक्रेन अभियानको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र क्रेमलिनद्वारा कडा नियन्त्रित रुसी चुनावले थोरै आश्चर्य ल्याउँछ भन्ने विश्लेषकहरूको बुझाइ रहेको छ ।

‘पुटिनका लागि भावनात्मक रूपमा महत्वपूर्ण’ मानिने युनाइटेड रसियाले पुटिनका अधिकांश नीति र युक्रेन युद्धलाई समर्थन गर्ने दलहरू रसियन कम्युनिस्ट पार्टी, राष्ट्रवादी एलडीपीआर, अ जस्ट रसिया र न्यू पिपलसँग मात्र प्रतिस्पर्धा गर्दैछ । यसका प्रमुख व्यक्ति लेभ श्लोस्बर्गलाई युद्धको आलोचना गरेको आरोपमा जेल हालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी पुरानो प्रहरी लाइनमा ठोक्किएको बताएका छन् । विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान भइरहेको उनले बताए । खैबर पख्तुनख्वाका ...
। यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा इन्धनको मूल्य करिब १० प्रतिशतले बढेको छ। इन्धनको मूल्य प्रति लिटर ४ हजार ७ सय ५० येमेनी रियालबाट बढेर ५ हजार २ सय ५० पुगेको छ। हुथी स्वामित्वको येमेन पेट्रोलियम कम्पनीले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेकाले यो निर्णय लिनुपरेको जनाएको छ। यमनमा लडाइँ पुनः सुरु भएपछि सामान ओसारपसार गर्ने ...
। डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ। ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ। आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ग्रीन्स्यान्ड युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताए। उनका अनुसार यसले युरोपभरि यस्ता परियोजना विस्तारका ...
। अमेरिकाले साउदी अरबलाई ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्ने सम्भावित सम्झौतालाई स्वीकृति दिएको छ। अमेरिकी विदेश मन्त्रालयले स्वीकृत गरेको प्रस्तावित बिक्रीको अनुमानित मूल्य करिब २४.३ अर्ब अमेरिकी डलर छ। बिक्रीमा एफ–३५ विमानसँगै ४९ वटा प्राट एन्ड ह्विट्नी इन्जिन, सञ्चार उपकरण, स्पेयर पार्ट्स र अन्य सहयोगसमेत समावेश छन्। प्रस्तावित बिक्रीबारे अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी गराइएको ...
: अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान्/श्रीमती तथा बालबालिकालाई आफूसँगै लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ। अष्ट्रेलिया सरकारले आप्रवासनको संख्या घटाउने योजनाअन्तर्गत अधिकांश विद्यार्थी भिसामा आश्रित परिवारका सदस्यलाई ल्याउन रोक लगाउने नीति अघि सारेको हो। गृह मामिला मन्त्री टोनी बर्कले अस्थायी भिसासम्बन्धी नियममा व्यापक सुधारको घोषणा गरेका छन्। सरकारले सन् २०२७/२८ सम्म शुद्ध वैदेशिक आप्रवासनको संख्या ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम