। पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो।
उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।
आज सिफारिस भएका राजदूतहरूको अब संसदीय समितिमा सुनुवाइ हुनेछ। उनीहरूविरुद्ध उजुरी आह्वान हुनेछ। कैफियत नभेटिएकाहरू राजदूत नियुक्त हुनेछन्।