मुख्य समाचार
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी पुरानो प्रहरी लाइनमा ठोक्किएको बताएका छन् । विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान भइरहेको उनले बताए ।

खैबर पख्तुनख्वाका प्रहरी प्रमुखका अनुसार प्रारम्भिक विवरणले विस्फोटपछि एक आत्मघाती हमलाकारीले स्पेसल ब्रान्चनजिकै आफूलाई विस्फोट गराएको संकेत गरेको छ ।

बीबीसी उर्दूका अनुसार गोली हानाहानमा एक चरमपन्थी मारिएका छन् । स्थानीय प्रहरीका अनुसार विस्फोट शुक्रबार स्थानीय समयअनुसार दिउँसो करिब १:१५ बजे भएको हो ।



घटनास्थलमा उद्धार अभियानका लागि हाल १४ वटा एम्बुलेन्स र ४० भन्दा बढी कर्मचारी परिचालन भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले कोहाट विस्फोटको निन्दा गर्दै ठूलो संख्यामा मानिस घाइते भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शहबाज सरिफले घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

उनले विस्फोटको कारणबारे सम्बन्धित अधिकारीसँग रिपोर्ट माग्नुका साथै राहत तथा उद्धार कार्यलाई तीव्रता दिन र प्रभावितलाई आवश्यक सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृहमन्त्री मोहसिन नक्वीले पनि कोहाट विस्फोटको निन्दा गर्दै जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

पेसावर प्रहरीका अनुसार उक्त विष्फोटमा ११ जना सर्वसाधारण र पाँच जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा इन्धनको मूल्य करिब १० प्रतिशतले बढेको छ। इन्धनको मूल्य प्रति लिटर ४ हजार ७ सय ५० येमेनी रियालबाट बढेर ५ हजार २ सय ५० पुगेको छ। हुथी स्वामित्वको येमेन पेट्रोलियम कम्पनीले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेकाले यो निर्णय लिनुपरेको जनाएको छ। यमनमा लडाइँ पुनः सुरु भएपछि सामान ओसारपसार गर्ने ...
। रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो । निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग ...
। डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ। ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ। आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ग्रीन्स्यान्ड युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताए। उनका अनुसार यसले युरोपभरि यस्ता परियोजना विस्तारका ...
। अमेरिकाले साउदी अरबलाई ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्ने सम्भावित सम्झौतालाई स्वीकृति दिएको छ। अमेरिकी विदेश मन्त्रालयले स्वीकृत गरेको प्रस्तावित बिक्रीको अनुमानित मूल्य करिब २४.३ अर्ब अमेरिकी डलर छ। बिक्रीमा एफ–३५ विमानसँगै ४९ वटा प्राट एन्ड ह्विट्नी इन्जिन, सञ्चार उपकरण, स्पेयर पार्ट्स र अन्य सहयोगसमेत समावेश छन्। प्रस्तावित बिक्रीबारे अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी गराइएको ...
: अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान्/श्रीमती तथा बालबालिकालाई आफूसँगै लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ। अष्ट्रेलिया सरकारले आप्रवासनको संख्या घटाउने योजनाअन्तर्गत अधिकांश विद्यार्थी भिसामा आश्रित परिवारका सदस्यलाई ल्याउन रोक लगाउने नीति अघि सारेको हो। गृह मामिला मन्त्री टोनी बर्कले अस्थायी भिसासम्बन्धी नियममा व्यापक सुधारको घोषणा गरेका छन्। सरकारले सन् २०२७/२८ सम्म शुद्ध वैदेशिक आप्रवासनको संख्या ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम