मुख्य समाचार
विद्यालय सुधारका लागि तीन तहमा कार्यक्रम सञ्चालन भइरहेको
विद्यालय सुधारका लागि तीन तहमा कार्यक्रम सञ्चालन भइरहेको

। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमबारे प्रश्न गरेकी थिइन् ।

जवाफमा मन्त्री पोखरेलले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार संघबाट जाजरकोट, रुकुम पश्चिम र बझाङमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण भइरहेको छ । चेपाङ समुदायका विद्यार्थीलाई लक्षित आवासीय विद्यालय निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी काम अघि बढाइएको उनले बताए ।



त्यस्तै दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार विकास, कमजोर इक्विटी इन्डेक्स भएका स्थानीय तहमा प्राविधिक सहायता, शिक्षक तथा विद्यार्थी आदानप्रदान कार्यक्रम तथा टेलिभिजन र अनलाइन माध्यमबाट शिक्षण–सिकाइसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

पाठ्यक्रमलाई समयानुकूल बनाउन नियमित रूपमा विकास तथा परिमार्जनको काम भइरहेको उल्लेख गर्दै उनले मन्त्रालयले काठमाडौंमा मात्र बसेर नभई विभिन्न जिल्ला र विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गरी पाठ्यक्रम निर्माणमा सुझाव लिइरहेको बताए ।

विद्यार्थीको सिकाइ उपलब्धि मापनका लागि राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण पनि संघबाट सञ्चालन भइरहेको उनले बताए । प्रदेशमार्फत शिक्षकको पेसागत विकास तालिम तथा अपाङ्गता भएका बालबालिकाका लागि पूर्वाधारयुक्त आवासीय विद्यालय सञ्चालनको तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

स्थानीय तहबाट भने दिवा खाजा, विशेष शिक्षाका लागि आवासीय विद्यालय, कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० मा अंग्रेजी, गणित र विज्ञान विषयका लागि शिक्षण सहयोग अनुदान, आधारभूत सिकाइ प्रवर्द्धन, प्रति विद्यार्थी लागतमा आधारित शिक्षण सिकाइ व्यवस्थापन अनुदानलगायतका कार्यक्रम सञ्चालन भइरहेको मन्त्री पोखरेलको भनाइ छ ।

त्यसैगरी विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान, विपन्न विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक अनुशासन प्रवर्द्धन, छात्राका लागि नि:शुल्क स्यानिटरी प्याड, नि:शुल्क पाठ्यपुस्तक, स्थानीय विषय तथा मातृभाषामा शिक्षण र विद्यालय पूर्वाधार विकासका कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको आर्थिक कारोबार सहित सम्पूर्ण व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य तथा अन्यलाई सबएजेन्टका रूपमा राखिएको विषयमा विवाद भइरहेका बेला विभागले एफडब्लूसीएमएसमा मुख्य ...
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा सुनाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अगाडि बढ्न केही न केही नयाँपन चाहिने बताएका हुन् । ‘अब हाम्रो पार्टी यथास्थितिमा जान सक्दैन, अब हाम्रो पार्टीमा केही न केही नयाँपन दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ...
। नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार तथा स्रोत उपलब्ध नगराउँदा सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा प्रादेशिक समयअन्तर्गत बोल्दै मेचेले संविधानको धारा २३२ ले परिकल्पना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वय व्यवहारमा प्रभावकारी बन्न ...
। सरकारले रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले प्राचीन संरक्षण ऐन २०१३ अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला तोकी स्मारक क्षेत्र घोषणा गरिएको हो । पूर्वमा जनकपुर भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय ...
। भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे–त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजारसहित नदीपारिका भूगोलसँगको आवागमन सम्पर्क विच्छेद भएको थियो । पुल नहुँदा बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा अत्यावश्यक सेवा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम