। तेह्रथुममा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
लालीगुराँस नगरपालिका–७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।