मुख्य समाचार
‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताए
‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताए

। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रवार समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुनेगरी राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने बताए ।

खानीजन्य उद्योगमार्फत रोजगारी सिर्जना, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि र उद्योग संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने गरी विधेयकलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले खानी तथा भूगर्भ विभागमा उत्खनन, अन्वेषण तथा अनुसन्धानका लागि आवेदन दिएका र अनुमति लिएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे तथ्यांकसहित अध्ययन गर्नुपर्नेमा जोड उनले दिए ।

सभापति अन्सारीले विभागको खानी अनुमति तथा पट्टा शाखामा कति फाइल दर्ता छन्, तीमध्ये कुन–कुन फाइल कति समयदेखि रोकिएका छन् र रोकिनुको कारण के हो भन्ने विवरण समितिमा प्रश्तुत गर्न विभागका अधिकारीलाई निर्देशन पनि दिए ।

फाइल अघि बढ्न नसक्नुका कारण र त्यसको समाधानसमेत तथ्यांकसहित प्रश्तुत गर्न उनको आग्रह गर्नुभयो ।

अन्सारीले सरकारले अघि सारेको ‘जिरो पेन्डिङ फाइल’को अवधारणालाई समितिले पनि गम्भीर रूपमा लिएको बताए । खानी क्षेत्रमा लगानी गर्न चाहने उद्योगी तथा लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्ने भनाइ राखे ।

‘अबको छलफलमा सरोकारवालासँग अन्तरक्रिया गर्नेछौँ। सम्बन्धित शाखामा अहिलेसम्म कति फाइल दर्ता भएका छन्, तीमध्ये कुन–कुन कारणले, कहिलेदेखि र किन अगाडि बढ्न सकेका छैनन् भन्ने तथ्याङ्कसहित सम्बन्धित विभागका पदाधिकारीहरू उपस्थित हुनुपर्छ। साथै, फाइल अघि बढाउन आवश्यक समाधान पनि लिएर आउनुपर्छ । यो विषयलाई समितिले गम्भीरतापूर्वक लिएको छ,’ उनले भने ।

सभापति अन्सारीले विभागले व्यक्ति होइन, परियोजनाका कागजात र कानूनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए ।

खानीसम्बन्धी उजुरीहरू समितिमा आएको उल्लेख गर्दै तत्काल आरोप–प्रत्यारोपमा केन्द्रित हुनुभन्दा विगतका समस्या र अनुभवबाट सिकेर विधेयकलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ । को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले विधेयक लगानीमैत्री भए आगामी एक वर्षभित्रै विदेशी लगानीकर्ता ...
। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेशलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा ...
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान सरकारले पाँच वर्ष पूरा कार्यकाल काम गरोस् भन्ने आफूले चाहेपनि अवस्था त्यस्तो संकेत नगरेको बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो सरकार करिब ६ महिना व्यतित हुनलागेको छ । सरकारको समग्रताको मूल्यांकन गर्ने बेला भएको छैन । यो सरकार जनताले ...
। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको आर्थिक कारोबार सहित सम्पूर्ण व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य तथा अन्यलाई सबएजेन्टका रूपमा राखिएको विषयमा विवाद भइरहेका बेला विभागले एफडब्लूसीएमएसमा मुख्य ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम